नेपालका थप १७ सहरमा पठाओको सेवा विस्तार
काठमाडौँ । राइड सेयरिङ सेवा पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्दैछ । यसअघि काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा अब छिटै अन्य १७ सहरमा विस्तार गर्न लागिएको पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममानसिंह बस्न्यातले जानकारी दिए ।
उनका अनुसार पठाओको सेवा अब कोशी प्रदेशका विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुर र मधेश प्रदेशका वीरगन्ज र जनकपुरमा उपलब्ध हुनेछ । यस्तै बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगन्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा विस्तार हुन लागेको हो ।
सेवा विस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया समेत सुरु भएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
