News 24 Television
रित्तिदै सुदूरपश्चिम : कलेजमा विद्यार्थीको खडेरी, श्रमिक उत्पादन तालिम केन्दै बन्दै नेपाल

कैलाली । राजनीतिक दलहरु सत्ता संघर्षमा भिडिरहँदा र केन्द्रदेखि प्रदेशसम्म भइरहेका सरकार अदलबदलका घटनाले नागरिक तहमा चरम निराशा बढ्दै गइरहेको छ । 

दशकौदेखि दलहरुका यस्तै गतिविधि नियाल्दै आएका कारणपनि आम नागरिक तहमा भने यो देशमा केही हुँदैन भन्ने भाष्य स्थापित भइरहेको छ । 

पैसा, शक्ति र पहुँच नहुनेका लागि यहाँ केही हुन्न भन्ने सोचकै कारण वर्षेनी देशबाट ठूलो युवा जमात बाहिरिदैछ । 

देशका अन्य भागजस्तै सुदूरपश्चिम प्रदेशबाट पनि विदेशिने युवाहरुको कमिलाको जस्तै ताती छ । 

देशमा शिक्षा र रोजगारीका लगायतमा सहज सुविधा नभएको भन्दै निराश बनेका युवाहरु विदेशी भूमीमा आफ्नो भविष्य खोजिरहेका छन् । 

वैदेशिक रोजगारीमा जानकै लागि भनेर प्रदेश राजधानी धनगढीका भाषा ईन्स्टिच्युटहरुमा युवायुवतीको ठूलो भीड देखिन्छ । 

विदेश जाने तयारी गर्नकै लागि प्रदेशका विभिन्न जिल्लाबाट राजधानी धनगढी आउनेको संख्या उल्लेख्य छ । 

कतिपयत भाषा र तालिम लिन काठमाडौँसम्मै पुग्ने गरेका छन् । धनगढीमा कक्षा १२ कक्षा उतिर्ण गरेकादेखि स्नाकोत्तर सकाएकाहरु समेत धमाधम कोरियन, जापानी र अंग्रेजी भाषा सिकिरहेका छन् । 

विदेश पलायन हुनका लागि भाषा सिक्नेहरुको भीडका कारण इन्स्टिच्यूटहरु मालामाल त छन् तर उर्वर उमेरमा युवा पलायन हुँदै गर्दा देश श्रमिक उत्पादन गर्ने तालिम केन्द्र बनिरहेको प्रति भने कसैलाई चिन्ता छैन । 

देशमा अवसर र सम्भावना देख्नै नसकेका अधिकांस युवाको उद्देश्य कोरिया, जापान जस्ता देश जाने रहेको छ । स्टार प्रलाीका प्रबन्धक चेतराज अवस्थले बताए । 

आर्थिक मन्दीले व्यवसायिक गतिविधि सक्रिय नभएका कारण पनि युवा आत्तिएका छन् । देशमा लगानी गरेर व्यापार व्यवसाय गरेपनि पार लाग्दैन भन्ने सोच युवापूस्तामा हावी भएको छ । 

कैलाली जिल्लाबाट राहदानी लिनेहरुको संख्या पनि हरेक वर्ष बढ्दो क्रममा छ ।

पढ्न, भ्रमण र रोजगारीको लागी विदेश जाने उद्देश्यले चालु आर्थिक वर्षको चैत २० गतेसम्म कैलालीमा ७ हजारभन्दा बढिले राहदानी लिइसकेका छन् । यो संख्या अघिल्लो वर्षभन्दा ४० प्रतिशत बढि हो ।  

रोजगारीका लागि जानेजस्तै विद्यार्थी बाहिरिने समस्या पनि सुदूरपश्चिममा डरलाग्दो बन्दै गइरहेको छ । १२ पास गर्ने बित्तिकै प्राय विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान चाहन्छन् । 

विद्यार्थी पलायन हुन थालेपछि प्रदेशका कलेजहरुमा विद्यार्थीको खडेरी लाग्न थालेको छ । धनगढीका विभिन्न ईन्स्टिच्युटहरुमा अहिले करिब १० देखी १२ हजार विद्यार्थीहरु भाषा लगायतका कक्षाहरु लिइरहेका छन् । यीमध्ये ७० प्रतिशतभन्दा बढि विदेश जाने तयारीमा छन् । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update