सुनको मूल्य १ लाख ३६ हजार नाघ्यो !
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ६ सयले वृद्धि भएर १ लाख ३६ हजार नाघेको छ ।
आइतबार प्रतितोला रु १ लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ३६ हजार दुई सय कायम भएको छ ।
तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
