News 24 Television
राप्रपाको प्रदर्शनमा झडप,  दर्जनबढी घाइते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने क्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ । त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो ।

जुलुसलाई नियन्त्रण गर्न सामान्य लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ । 

झडपमा परी एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनका क्रममा आफ्ना केही कार्यकर्ता घाइते भएको राप्रपाले जनाएको छ । केही कार्यकर्ता प्रक्राउ समेत परेकाे बताएकाे छ ।

राप्रपा सङ्घीय संसद प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको रुपमा रहेको छ । 

प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन र आवागमनमा केही असहज भएको देखिन्थ्यो । सिंहदरबार अगाडिको मुख्य सडकमा झण्डै दुई घण्टादेखि सवारीसाधन अवरूद्ध भए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update