News 24 Television
लण्डन म्याराथनमा भिड्दै गोपिचन्द्र पार्की 

काठमाडौँ । नेपालका धावक गोपिचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

यस संस्करणको लण्डन म्याराथन आगामी अप्रिल २१ मा शुरु हुँदैछ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पाँच हजार पाँच हजार मिटर दौडमा स्वर्ण विजेता गोपिचन्द्रले यस पटक नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्ने भएका हुन् । त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दैछन् । 

बुधवार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीलगायतले गोपिलाई बिदाइ गरेका छन् ।

उनी नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लण्डन म्याराथनका लागि छनोट भएका हुन् । नेपालगञ्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा विजेतालाई लण्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । 

गत मंसिरमा नेपालगन्ज म्याराथन म्याराथन जितेयता गोपिचन्द्रले लण्डन म्याराथनको तयारी गरिरहेका थिए । उनी एपिएफका खेलाडी हुन् । नेपालबाट छनोट भएर पहिलोपटक कुनै पनि धावक लण्डन म्याराथनको इलिटर्पm प्रतिष्पर्धा गर्न लागेको यो नै पहिलोपल्ट हो । 

लण्डन म्याराथनको विभिन्न विधामा गरेर पाँच लाख ६० हजार मानिस दौडनेछन् । इलिटमा भने करिव ५० हजार धावक हुनेछन् । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update