News 24 Television
भलिबल टोली बङ्गलादेश प्रस्थान

भक्तपुर । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

ढाकामा यही वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसरको आज भक्तपुरमा आयोजित कार्यक्रममा बिदाइ गरियो । 

खेलाडी सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशि पुलामीमगर र भुवन तामाङ बङ्गलादेश प्रस्थान गरेको टिम म्यानेजरसमेत रहेका दीपक थापाले बताए ।

प्रतियोगितामा भाग लिन आजै टिम म्यानेजर थापासहित प्रशिक्षक उत्सव खड्का र सहायक प्रशिक्षक जनकबहादुर खड्का ढाका प्रस्थान गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष एवं टिम म्यानेजर दीपक थापाको नेतृत्वको टोलीले सहयोग रकम सङ्कलन गरी त्यसतर्फ लागेको छ । 

सरकारी निकायबाट सहयोग नभएपछि सहायता फाउण्डेसनका अध्यक्ष राजु ढु्ङ्गेल, व्यवसायी लक्ष्मण अवाल र थापा आफैँले रकम जुटाउनुभएको सो अवसरमा जानकारी दिइयो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update