News 24 Television
इलाम २ उपनिर्वाचन : स्वतन्त्र उम्मेदवार लिम्बूले गरे  मतदान

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले मतदान गरेका छन् । उनले आफ्नै जन्म गाउँ फाकफोकथुम ३ सिंहदेबी मा बि (क) बाट मतदान गरेका हुन् । 

इलाम(२ मा पहिचानवादीका उम्मेदवार थेगिम, नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का,  रास्वपाका मिलन लिम्बू, र स्वतन्त्र उम्मेदवार मनोज निरौलासहित १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

इलाम २ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update