News 24 Television
इलाम २ उपनिर्वाचन : रास्वपाका उम्मेदवार मिलन लिम्बूले गरे मतदान 

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनको मतदान जारी छ । विहान ७ बजे सूरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । 

उम्मेदवारले पनि बिहानैदेखि मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । इलाम क्षेत्र नं २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्। 

उनले माङसेबुङ गाउँपालिका–२ दहगाउँ स्थित जनता कल्याण आधारभूत विद्यालयमा मतदान गरेका हुन्। इलाम-२ मा रास्वपाका लिम्बू, नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, पहिचानवादीका स्वतन्त्र उम्मेद्वार डगेन्द्रसिंह थेगिम र स्वतन्त्र उम्मेदवार मनोज निरौलासहित १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

इलाम २ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update