News 24 Television
चीनियाँ र भारतीय ४ कम्पनीसँग गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्सको ड्राफ्ट एमओयु एक्सचेञ्ज

काठमाडौँ । लगानी सम्मेलनमा सोमबार भएको 'बि टु बि' प्यानल डिस्कसनमा भारतीय र चाईनिज लागनीकर्ताहरुले निक्कै चासाेका साथ गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स(जिकेसिसी)को परियोजनालाई लिएका छन् । यसका एमडी निरक पौडेलले लक्जरियस अपार्टमेन्ट, फाईभ स्टार होटेल, सपिङ्ग मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनालाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले स्ट्यान्डर्ड प्राेजेक्ट भनेकाे बताएका छन् ।

उनले भने, 'लगानी साझेदार बन्न औपचारिक प्रस्ताव आएकामध्ये लगानीमैत्री कम्पनी/संस्थालाई ईक्युटी पार्टनरका रुपमा भित्र्याउने तयारी कम्पनीले गरेकाे छ ।' सोमबार नै लगानीकर्ताहरुसंग कम्पनीका तर्फबाट एमडी पौडेलले ड्राफ्ट एमओयु एक्सचेञ्ज गरेका छन् । बैंकिङ तथा प्राविधिक पक्षहरुमा क्लियर भएपछि चाँडै  अन्तिम सम्झौता हुने उनले बताए । 

21d77be6-84e9-49ad-9413-ed97acb115d4-1714456575.jpg
 

सरकार र लगानी बाेर्डले जुन उदेश्य र साेच राखेर लगानी सम्मेलन २०२४ को आयोजना गर्यो यस्ले नेपालमा लगानी मैत्री वातावरण रहेकाे सकरात्मक शंदेश विश्वभर पुगेकाे र सरकारले कानुनमा गरेकाे संशोधनले पनि स्वदेशी तथा विदेशी लगानीकर्ताहरुमा आशा जगाएकाे एमडी पौडेलको बुझाइ छ । यता सोकेसरमा राखिएको जिकेसिसी परियोजनालाई अन्य स्टलका तुलनामा धेरै लगानीकर्ता(कम्पनी/संस्था) हरुले अवलोकन गरेका छन् ।

 जिकेसिसी परियोजनालाई चाईनाको सिन्चेन ह्वाह ईन्टरनेशनल र जज्याङ् अर्वन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाईजरी र साईस्पेक्टिभ ईन्टरनेशनलले ड्राफ्ट एमओयु एक्सचेञ्ज गरेकाे कम्पनीले जानकारी दिएको छ । पचास मिलियन डलर लागत रहेको परियोजनाका लागि 30-40 प्रतिशतको लगानी साझेदार खोजिएको एमडी पौडेलले सुनाए ।

चावहिलको प्राईम लोेकेसनमा अवस्थित परियोजनाबाट त्रिभुवन विमानस्थलसंगै पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा जस्ता धार्मिकस्थलहरु नजिक रहेका छन् ।

dd54b539-5bfa-4d7a-9c06-70e58a713e0c-1714456576.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update