News 24 Television
श्रमिकको भोटले नेताका कोट फेरिए, श्रमिक हेरिएन !

काठमाडौँ । मे १ अर्थात, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभर नै विभिन्न कार्यक्रम गरि मनाइयो । नेपालमा पनि राष्ट्रियस्तरमै कार्यक्रम गरि श्रमिक दिवस मनाइयो । तर, के श्रमिकको जीवन सहजताका लागि नेपालमा ठिक वातावरण छ ?

श्रमिक भन्छन्– छैन । नेपालमा श्रमिकको जीवन सहजता र उसका हक अधिकारका लागि सुधारिएको वातावरण किन बन्न सकिरहेको छैन त ? श्रमिकको अधिकारबारे के भन्छन् नेता र सरोकारवालाहरु ? 

‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदूर आन्दोलन शुरु भएको थियो । यसै दिनको सम्झनामा विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालियो ।

सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्यो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

नेपालमा भने २००७ सालमा विराटनगरबाट मजदुर आन्दोलन शुरु भएसँगै यो दिवस मनाउन थालिएको हो । तर, नेपालमै श्रमिक दिवस बनाउन थालिएको ७४ वर्ष भइसके पनि श्रमिकको हक अधिकारमा खासै ध्यान पुगेको देखिदैन । 

श्रमिकको अवस्था दयनीय भए पनि मुलुकको नेतृत्व गरिरहेका र नेतृत्व गर्नका लागि दाबी गर्ने  स्थानमा रहेकाहरु श्रम र श्रमिकको वकालत गरेझै देखाउन भने छोड्दैनन् । 

सुधारको प्रयासका भाषणा जति गरे पनि अझै लगानीको वातावरण र श्रमको सम्मानको वातावरण छैन । 

मजदुरलाई नै भोट बैंक बनाएर धेरै नेताले आफनो राजनीतिक भविष्य सुरक्षित गर्दै आएका छन् । तर, कसैले पनि श्रमिकको जीवन र उनीहरुको  हक अधिकारको सुरक्षाका लागि प्रभावकारी सुधारका काममा ध्यान दिएको देखिदैन । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update