News 24 Television
जापानी विदेशमन्त्री काठमाडौँमा, यस्तो छ कार्यतालिका

काठमाडौँ । जापानी विदेशमन्त्री कामिकावा योको काठमाडौँ आइपुगेकी छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणमा उनी नेपालको औपचारिक भ्रमणका लागि आइतबार मध्याह्न काठमाडौँ आएकी हुन् ।

आइतबार नै विदेशमन्त्री योको भ्रमण र भेटघाट सकेर राति जापान फर्किने कार्यतालिका छ । यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ  । साथै परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि उनले भेट र द्विपक्षीय वार्ता गर्नेछिन् । 

नेपाल भ्रमणका क्रममा योकोले काठमाडौँ दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्ने छिन् ।

परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । भोजमा सरिक भएलगत्तै उनी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछिन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update