News 24 Television
अपरिहार्य बनेको डिजिटल बैंकिङ, के के छन् सुविधा ? 

काठमाडौं । वित्तीय साक्षरता वित्तीय स्थायित्वको आधारशिला हो । वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई बढीभन्दा बढी वित्तीय प्रणालीमा समावेश गर्न यसको महत्व छ । 

विज्ञान र प्रविधिको विकासक्रमसँगै वित्तीय कारोबारमा नयाँ प्रयोगहरु भइरहेका छन् । नेपालमा पनि डिजिटल बैंकिङको विकाससँगै नगद रहित कारोबार ठूलो मात्रामा हुने गरेको छ । 

डिजिटल बैंकिङ हाम्रो जीवनको एउटा अपरिहार्य भुक्तानीको माध्यम बन्दै गएको छ । बैंकहरुले आफ्नो सेवालाई परिष्कृत गर्दै परम्परागतकागजी र भौतिकशाखामानिर्भर बैंकिङलाई आधुनिकप्रविधिको प्रयोग गरी डिजिटल बैंकिङ सुविधाउपलब्ध गराउँदै आएकाछन् । 

नेपालका बैंकहरुले वित्तीयपहुँच र समावेशिताकालागिडिजिटल बैंकिङ प्रविधिको भरपुर प्रयोग गरिरहेकाछन् ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिटकार्ड÷क्रेडिटकार्ड, स्मार्ट बैंकिङ, पीओएस मेसिन, फोन पे, कनेक्टआइपीएस, क्यूआरकोड लगायतको प्रयोगले मानिसहरुको जीवनथप सहजबन्दै गएको छ । 

डिजिटलप्रविधिले बैंकहरुको कारोबार मितव्ययी र पारदर्शीबनाएको मात्रै छैन मानिसहरुलाई कुनै पनिठाउँमाभुक्तानीगर्न सजिलो र छिटो बनाएको छ ।यसमा नेपालका बैंक तथावित्तीय संस्थाहरुले आफ्नो लगानीबढाउँदै लगेकाछन् ।

घरबाटै बैंक खाताखोल्न, कर्जाको मागगर्न, रकमभुक्तानी, आफ्नो कारोबारको ब्यहोराको विवरणतत्कालै आफै हेर्न सकिने हुँदाडिजिटल बैंकिङप्रतिमानिसहरुकोविश्वास बढ्दै गएको छ ।

डिजिटलकारोबारले समयको बचत, भ्रटाचार तथाअपराधिकक्रियाकलाप, सम्पत्ति सुदृढिकरणजस्ताकार्यमा समेत नियन्त्रणगर्न सहयोग गर्छ । यसले देशको आर्थिक क्रियाकलाप समेत बढाउँछ ।

वित्तीयकारोबारमाडिजिटल बैंकिङको विकल्प देखिएको छैन । मानिसको जीवन सरल र सुरक्षितबनाएकाले डिजिटल बैंकिङ छोटो समयमाविश्वव्यापी रुपमाफैलाएको छ । 

विश्वभर इन्टरनेट र स्मार्टफोनको सहजउपलब्धताले यसको प्रभावकारिताथपबढ्दै गएको छ । 

नेपालमापनिप्रभावकारी प्रयोग र विस्तारकालागिवित्तीय साक्षरतामार्फत डिजिटल बैंकिङको माहोल सिर्जनागर्नुको विकल्प छैन । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update