News 24 Television
सन्दीप लामिछानेले पाए सफाई, उल्टियो फैसला !

काठमाडौँ । चर्चित क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाएका छन् । यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई दोषी सावित गर्दै ८ वर्षको फैसला सुनाएकोमा सो फैसला उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । 

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा लगातार दुई दिन भएको सुनुवाईपछि बुधबार अन्तिम फैसला गर्दै सन्दीपलाई निर्दोष सावित गरिएको हो । 

यसअघि जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते लामिछानेलाई एक किशोरीमाथि बलात्कार अभियोग पुष्टि गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । तर उनलाई तत्काल जेल जान नपर्ने र उच्च अदालतमा पुनरावेदन गर्नसक्ने सुविधा दिइएको थियो ।

उच्च अदालतले उनको पक्षमा फैसला गरेसँगै लामिछानेका समर्थकहरुले अदालतबाहिर खुसीयाली मनाएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update