News 24 Television
ई–बैंकिङले वित्तीय पहुँच बढायो, वित्तीय साक्षरता आवश्यक

काठमाडौँ । बैंक नगई घरमै बसेर वित्तीय सेवा लिन ई–बैंकिङ निकै प्रभावकारी प्रणाली हो । यसले सहज सेवा मात्रै होइन, ग्राहकको समयको बचत, पैसाको बचत, खर्च कम लगायत फाइदा हुने गरेको छ । इन्टरनेट बैंकिङको प्रयोगले वित्तीय सेवाको पहुँचलाई शहरदेखि दुरदराजसम्म पुर्याउन सफल भएको छ ।

नयाँ प्रविधिमा आधारित वित्तीय सेवा अर्थात ई-बैंकिङ्गले ग्राहकलाई घरमै बसेर वित्तीय कारोबार गर्न  सक्ने सुविधा दिएको छ । महशुल भुक्तानी, खाताको मौज्दात जाँच गर्ने, वालेट लोड गर्ने, क्रेडिट कार्डमा अनलाईन पेमेन्ट गर्न रजिष्ट्रेसन अनुरोध गर्ने लगायतका सेवा सजिलै लिन सकिन्छ । इन्टरनेट बैंकिङ सेवामा पहुँच भएसँगै ग्राहकलाई ठूलो रकम ट्रान्सफर गर्न बैंक धाउनुपर्ने बाध्यता टरेको छ ।

बैंकहरुले ई-बैंकिङ्ग प्रयोगकर्तालाई केही सीमित कारोबारमा बाहेक बिनाशुल्क सेवा दिँदै आएका छन् । पछिल्लो समय इन्टरनेट बैंकिङसँगै मोबाइल बैंकिङको प्रयोग ब्यापक बढेको छ । यसले बैंकिङ कारोबार सस्तो र छिटो र सहज बनाएको छ । 

ई–बैंकिङ्गको प्रयोगबाट रकम पठाउने, भुक्तानी गर्ने, स्टेटमेन्ट हेर्ने लगायतको सुविधा पाइने भए पनि कर्जा प्राप्त गर्न लगायत अन्य केही ठुला सेवा लिन भने बैंक धाउनुपर्ने बाध्यता छ । तर इन्टरनेट बैंकिङले सबै सेवा लिन बैंक धाइरहनुपर्ने बाध्यता भने हटेको छ । वित्तीय कारोबारमा प्रविधिको प्रयोग र विकास भएसँगै दुर्गम ठाउँमा वित्तीय पहुँच पुर्याउन सहज भएको छ । तर सर्वसाधारणलाई यसको प्रयोगबारे जानकारी गराउन बैंक तथा वित्तीय संस्थाले ठूलो लगानी गर्न आवश्यक छ ।

बैंक तथा वित्तीय संस्थाले सबै वित्तीय सेवालाई इन्टरनेटको माध्यमाट दिन सक्दैनन् । जोखिम नहोस् भन्नका लागि कर्जा स्वीकृति, ठूलो रकम ट्रान्सफर लगायत कारोबार गर्न बैंक पुग्नै पर्छ । बैंकहरुले पैसाको कारोबार र कर्जा स्वीकृति लगायत सबै सेवा प्रविधिको प्रयोगबाटै गर्न सके अझ धेरै नागरिकको पहुँचमा वित्तीय सेवा पुग्नेछ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update