काठमाडौँ । मुद्राको कारोबारमा मात्र सीमित बैंकिङ व्यवसायमा अहिले थुप्रै सुविधाहरु विकास र विस्तार भएका छन् । क्यूआर कोड, मोबाइल बैंकिङ लगायतले मानिसको जीवनलाई सहज तुल्याउँदै लगेको छ । मोबाइलमा बैंकिङ एपको माध्यमबाट गरिने कारोबारबाट के के फाइदा लिन सकिन्छ ।
मोबाइल बैंकिङ सर्वाधिक प्रयोग हुने डिजिटल बैंकिङ सेवा हो । यो सेवा लिन सर्वप्रथम बैंकमा खाता खोल्नुपर्दछ । त्यसपछि मोबाइलमा सम्बन्धित बैंकको बैंकिङ एप डाउनलोड गर्नुपर्छ । यसबाट नेपाल राष्ट्र बैंकले तोके बमोजिमको सीमासम्मको रकम मात्र कारोबार गर्न सकिन्छ ।
मोबाइल बैंकिङका फाइदाहरू
१. मोबाइलमा रिचार्ज – टपअप गर्न सकिन्छ ।
२. बैंकका शाखाहरू, एटीएम, विनिमय दर र सम्पर्क नम्बरहरू थाहा पाउन सकिन्छ ।
३. इ–सेवा, खल्ती, नमस्ते पे, आइएमई पे, प्रभु पे लगयातका वालेटमा पैसा लोड गर्न सकिन्छ ।
४. बैंक खाताको ब्यालेन्स थाहा पाउन सकिन्छ ।
५. क्रेडिट कार्ड बिल भुक्तानी गर्न सकिन्छ ।
६. एक बंैकको खाताबाट अर्को बैंकको खातामा रकम पठाउन सकिन्छ ।
७. बिजुलीबत्ती, टेलिफोनको बिल इत्यादिको भुक्तानी गर्न सकिन्छ ।
८. खानेपानीको बिल, हवाइजहाजको टिकट, बीमा प्रिमियम भुक्तानी, स्कुल तथा कलेजको शुल्क, इन्टरनेटको बिल भुक्तानी गर्न सकिन्छ ।
९. बजारमा सामान किनेपछि पैसा भुक्तानी गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ मार्फत प्रतिदिन तीन लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । त्यो भन्दा धेरै एक दिनमा २० लाख रुपैयाँसम्मको कारोबार इन्टरनेट बैंकिङबाट गर्न सकिन्छ ।
