News 24 Television
संसदका लागि पर्याप्त बजेटको व्यवस्था हुन्छ : अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा संघीय संसद सचिवालयलाई प्राथमिकता दिने बताएका छन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बुधवार सिंहदरबारमा आयोजना गर्नुभएको बजेटसम्बन्धि छलफलमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

बैठकमा सभामुख घिमिरेले संघीय संसद सचिवालयको काम–कारबाहीलाई प्रभावकारी बनाउन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । त्यसको जवाफमा अर्थमन्त्री पुनले संघीय संसद सचिवालयको आवश्यकतालाई सम्बोधन हुने गरी पर्याप्त बजेट दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सो असरमा संघीय संसद सचिवालयका अधिकारीहरुले सवारी साधन समेत काम नलाग्ने अवस्थामा पुगेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा नयाँ सवारी साधन खरिद हुनेगरी बजेटको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनसँग अनुरोध गरेका थिए । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update