काठमाडौँ । बैंकहरुले डिजिटल कारोबारलाई प्राथमिकताका साथ प्रवद्र्धन गरिरहँदा नयाँ किसिमले ठगी भएका घटनाहरु आउने गरेका छन् । मोबाइल बैंकिङ कारोबारको दुरुपयोग भएर पैसा ट्रान्सफर गर्नेदेखि आफैले नजानेर अवैध क्रिप्टो तथा बेटिङ कारोबार गर्दा समस्या पर्न सक्छ । यसबाट जोगिन डिजिटल बैंकिङ प्रयोगकर्ता अफै जोगिनु आवश्यक छ ।
अरु कसैले नागरिकता, फोटो, टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गरेका घटना विभिन्न समयमा प्रहरीले सार्वजनिक गर्दै आएको छ । यस्तै क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने, बेटिङ सम्बन्धी कराोबार गर्ने जस्ता गैरकानुनी कारोबारमा पनि संलग्न भएका घट्ना पनि छन् । यस्तो कारोबार गर्दा ठगीमा मात्रै परिदैन अवैध कारोबारको केसमा कुनैपनि बेला कारबाहीमा पर्न सकिन्छ ।
डिजिटल बैंकिङ कारोबारमा समस्या भए मद्दत गर्छु भनी गठी गर्ने, डर त्रास देखाइ रकम असुली गर्ने, विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्ने जस्ता घटना हुने गरेको छ । यस्ता वित्तीय ठगीको जोखिमप्रति सजग रही आफ्ना महत्वपूर्ण व्यक्तिगत विवरण तथा कागजपत्र सुरक्षित र गोप्य राख्नुपर्छ ।
छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता, खाता नम्बर, क्यूआर, ओटिपी, पीन कोड र पासवर्ड जस्ता आफ्ना गोप्य विवरणहरु आफैले सुरक्षित राख्नुपर्छ । डिजिटल कारोबारमा कुनै समस्या भए सम्बन्धित बैंकमा तत्काल सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न सकिन्छ ।
