काठमाडौँ । पैसा भुक्तानी र रकमान्तरका लागि क्युआर र मोबाइल बैंकिङ्गको प्रयोग बढ्दै गएको छ । सामान्यतया क्युआर र मोबाइल बैंकिङ्ग उस्तै उस्तै लाग्न सक्छ । दुबैको प्रयोजन एक अर्काबिना सम्भव नभएजस्तो देखिन्छ । तर कार्यगत तवरले यी दुईमा धेरै फरक छ ।
विद्युतीय कारोबारमा धेरै प्रयोग गरिने क्युआर विशेष प्रकारको बार कोड हो । उक्त बार कोडलाई भुक्तानी उपकरणले स्क्यान गरेपछि त्यसमा संग्रहित विवरणलाई सहज तरिकाले प्राप्त गर्न सकिन्छ । यसमा रहेको विवरणलाई आधार मानेर प्रदान गरिएको निर्देशनले भुक्तानी दिने गर्दछन् । क्यूआरलाई यसरी नै प्रयोग गरिदै आएको छ । तर मोबाइल बैंकिङ्गबाट रकमान्तर र भुक्तानी दिने विधि क्युआरको भन्दा थोरै फरक छ । मोबाइल बैंकिङ्गले सिधै खाताको विवरण र मोबाइल नम्बरलाई आधार मानेर कारोबार गर्ने गरेको पाइन्छ ।
क्यूआर र मोबाइल बैंकिङबीच के फरक छ ?
१. क्युआर कोडमा मर्चेन्टको खाता विवरण राखिएको हुन्छ भने मोबाइल बैंकिङभित्र बैंक खातासहित अन्य विवरण हुन्छ ।
२. क्युआरले बार कोडको आधारमा कारोबार स्वीकार गर्दछ भने मोबाइल बैंकिङले मोबाइल एपलाई प्रयोग गरि कारोबार गर्ने गर्दछ ।
३. क्यु आरलाई मोबाइल बैंकिङको एपबाट समेत निर्माण गर्न सकिन्छ भने मोबाइल बैंकिङलाई बैंक तथा वित्तीय संस्थाको संयोजनमा रहेका प्राविधिक टोलीले निर्माण गर्दछ ।
क्युआर र मोबाइल बैंकिङको प्रयोजन एउटै जस्तै देखिन्छ । तर क्यूआर एउटा बार कोड हो जसमा खाता विवरण र सेवाग्राहीको नाम उल्लेख हुन्छ । तर मोबाइल बैंकिङभित्र रकमको विवरण, खाताको विवरणदेखि अन्य धेरै विवरण संग्रहित हुन्छ ।
