News 24 Television
आफ्नो मोबाइल ग्यालरीमा रहेको क्यूआर कोड यसरी गर्नुहोस स्क्यान

काठमाडौं । आजकाल डिजिटल भुक्तानीका लागि क्यूआर कोडको प्रचलन ब्यापक भएको छ । क्यूआर सँधै स्ट्यान्ड वा प्रिन्ट गरिएको अवस्थामा नहुन सक्छ । 

तपाईलाई कसैले मोबाइलमा क्यूआर पठायो भनेपनि सजिलै स्क्यान गरेर पैसा पठाउन सकिन्छ । तर यसबारे सबैले मेसो नपाउन सक्छन् । त्यसो भए आफ्नै मोबाइलमा रहेको क्यूआर कोड कसरी स्क्यान गर्न सकिन्छ ? 

तपाईं हामी कुनै सपिङ मल वा पसलमा पुगेर सामान किनमेल गरिसकेपछि क्यआर कोड स्क्यान गरी भुक्तानी गर्नु नौलो कुरा रहेन । तर आफ्नै मोबाइलमा कसैले क्यूआर कोड पठाई पैसा भुक्तानी गर्न भन्यो भने कतिपयलाई समस्या हुन सक्छ । 

किनभने आफ्नै मोबाइलमा रहेको क्यूआर कोड कसरी स्क्यान गर्ने थाहा नहुन सक्छ । यसका लागि सबैभन्दा पहिला स्क्यान गर्न चाहेको क्यूआर कोड तपाईको मोबाइल ग्यालरीमा हुनुपर्छ । 

अर्थात तपाईले भुक्तानी दिनुपर्ने व्यक्तिले तपाईलाई कुनैमाध्यमबाट क्यूआर कोड पठाएको छ भने सबैभन्दा पहिला डाउनलोड गर्नुहोस ।  त्यसपछि तपइले कुन प्रयोजनका लागि क्यूआर कोड प्रयोग गर्न खोज्नुभएको हो सोही एप खोल्नुहोस । जस्तै, कुनै बैंकको मोबाइल बैंकिङ वा डिटिल वालेट एप खोल्नुहोस ।

मोबाइल बैंकिङ तथा डिजिटल वालेटमा क्यूआर स्क्यानरका लागि स्क्यान्न टु पे वा स्क्यान एन्ड पे को विकल्प दिइएको हुन्छ ।

यसपछि तपाईले तस्वीरको आइकन वा एड क्यूआर कोड फ्रम ग्यालरीको विकल्प देख्नुहुन्छ । त्यसपछि आफ्नो ग्यालरीबाट स्क्यान गर्न चाहेको क्यूआर कोड छनोट गर्नुहोस् । यति गरिसकेपछि तपाई आफ्नो मोबाइलको ग्यालरीमा रहेको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update