News 24 Television
सन्दीप लामिछानेले टी–ट्वान्टी विश्वकप खेल्ने पक्का

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–ट्वान्टी विश्वकपमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीप वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने जानकारी दिएको छ । 

अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् । विश्वकपमा सहभागी हुन उनी वेस्ट इन्डिज पुगिसकेका छन् । 

अमेरिकाले भिसा नदिएपछि विश्वकप खेल्न जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने छन् । 

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसामु पेश गरेको क्यानले जनाएको छ । 

नेपालले वेष्टइण्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ । दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस खड्काले जानकारी दिए । 

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरी अन्तिम नामावली आईसीसीलाई बुझाएको क्यानले उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update