News 24 Television
जितको मुखमा पुगेर पनि अवसर गुमाएको नेपाल

काठमाडौँ । दोस्रो पटक आईसीसी टी २० विश्वकपमा पुगेको नेपालले शनिवार दक्षिण अफ्रिकासँग पराजय ब्यहोरेसँगै सुपर ८ को दौडबाट बाहिरिएको छ । पहिलो खेलमा एसोसिएटेड राष्ट्र नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले दोस्रो खेल वर्षाको कारण स्थगित हुँदा श्रीलंकासँग अंक बाँडेको थियो । शनिवार दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएसँगै सुपर ८ को दौडबाट बाहिरिएको हो । 

एसोसिएटेड राष्ट्र नेदरल्यान्ड्ससँग पहिलो खेल गुमाएको नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर–८ को दौड कायमै राख्न शनिवार भएको खेलमा दक्षिण अफ्रिकालाई जित्नै पर्ने थियो । तर दक्षिण अफ्रिकासँगको खेलमा मात्र १ रनले पराजित हुँदा नेपालले सुपर ८ को दौडबाट बाहिरिएको हो । अमेरिकामा नेदरल्याण्डसँग पराज ब्यहारेपनि श्रीलंकासँगको खेलमा राम्रो नतिजा निकाल्ने नेपालको थियो । तर वर्षाले गर्दा खेल हुनै नसकी स्थगित भएपछि श्रीलंकासँग नेपालले एक एक अंक बाँड्न बाध्य भएको थियो । 

उता, अमेरिका जाने भिषा नपाएका स्पिनर सन्दीप लामिछाने तेस्रो र चौंथो खेल खेल्न भन्दै वेष्ट इण्डिज पुगेका थिए । लामिछानेको साथ पाएको नेपालले शनिबार दक्षिण अफ्रिकासकासँगको खेलमा टस जितेर फिल्डिङ रोजेको थियो । नेपालको राम्रो बलिङकै कारण दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १४ रन बनाउँदा मात्र एक रनले पराजय ब्यहोर्नु प¥यो । 

यो पराजयसँगै समूह डीमा रहेको नेपाल ३ खेलमा २ मा हार र १ मा नतिजाविहिन हुँदै १ अंकका साथ समूहको चौंथो स्थानमा रहेको छ । अब अन्तिम खेल नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ । तर बंगलादेशसँगको खेल नेपालको प्रतिष्ठाको लागि मात्रै हुनेछ ।
दक्षिण अफ्रिकासँगको पराजयसँगै नेपालले आगामी सन् २०२६ मा टी २० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ । सुपर ८ मा पुग्न सकेमा नेपालले आगामी विश्वकपमा सोझै खेल्ने अवसर पाउने थियो । अब २०२६ को विश्वकपका लागि एशिया छनोट खेल खेल्नु पर्नेछ । 

भारत र श्रीलंका भने २०२६ को विश्वकपको आयोजक राष्ट्र भएकाले विश्वकपमा स्थान पाउने छन् भने सुपर ८ बाहेक पनि आईसीसीको बरियतामा शीर्ष ३ टोली विश्वकपमा पुग्नेछन् । 
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update