News 24 Television
प्रदेशहरुको बजेटमा के–के समेटियो ?

काठमाडौँ । प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्ताव प्रस्तुत गरेका छन् । प्रदेश सरकारहरुले कृषि उत्पादकत्व वृद्धि,  भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणलगायतका कार्यक्रमलाई प्राथमिकता दिएर बजेट ल्याएको देखिन्छ । कुन प्रदेशले कति अनि कस्तो ल्याए त बजेट ? 

मुुलुकका सातै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संवैधानीक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नै पर्ने हुन्छ । सोही अनुसार शनिबार प्रदेश सरकारहरुले बजेट ल्याएका हुन् । 

कुन प्रदेशको बजेट कति र कस्तो ?

कोशी प्रदेश रु. ३५ अर्ब २७ करोड 
–    चालुतर्फ रु. १४ अर्ब ४७ करोड ३० लाख 
–    पूँजीगत तर्फ रु. १६ अर्ब २० करोड 
–    वित्तीय व्यवस्थातर्फ रु. ४ अर्ब ५८ करोड 
–    बजेटको स्रोततर्फ आन्तरिक आम्दानी रु. ४ अर्ब ९८ करोड अनुमान 
–    बाँकी रकम संघीय सरकारको अनुदान 
–    कृषि उत्पादकत्व वृद्धि गर्ने, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारण प्राथमिकतामा 
–    वहुबर्षीय तथा नयाँ भौतिक पूर्वाधार विकासका लागि रु. १० अर्ब ५१ 
–    स्वास्थ्य क्षेत्रमा रु. ३ अर्ब ५८ करोड रुपैयाँ 
–    सामाजिक क्षेत्रको विकासका लागि रु. १ अर्ब ९८ करोड 

बागमती प्रदेशरु. ६४ अर्ब ५४ करोड ९४ लाख 
–    पूँजीगततर्फ रु. ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हजार
–    चालुतर्फ रु. २६ अर्ब १० करोड १६ लाख ८२ हजार 
–    वित्तिय व्यवस्थापनतर्फ रु. १ अर्ब ५० करोड 

लुम्बिनी प्रदेश रु. ३८ अर्ब ९७ करोड
–    चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख 
–    पूँजीगतर्फ रु. २४ अर्ब ५८ करोड 
–    वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब १४ करोड 
–    अनुमान गरिएको खर्च वेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत रु. ७ अर्ब ५१ करोड 
–    संघबाट प्राप्त हुने राजश्वमार्फत रु. १२ अर्ब १ करोड 
–    संघबाट प्राप्त हुने रोयल्टी रु. ५० करोड 
–    स्थानीय तहबाट प्राप्त हुने राजश्व रु. २ अर्ब ९२ करोड हुने अनुमान 

कर्णाली प्रदेश रु. ३१ अर्ब ४१ करोड 
–    पूँजीगततर्फ रु. १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार 
–    चालुतर्फ रु. ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार 
–    वित्तीय व्यवस्थापनतर्फ रु. २५ करोड 
–    रु. ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्ने 
–    आम्दानी रु. ८३ करोड ४४ लाख ६५ हजार 
–    संघीय सरकारबाट प्राप्त रु. ९ अर्ब ३८ करोड ५३ लाख 
–    वित्तीय समानीकरण अनुदानतर्फ रु. १० अर्ब ३६ करोड ६३ लाख प्राप्त 
–    सशर्त अनुदानतर्फ रु. ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ प्राप्त 
–    समपूरक अनुदानतर्फ रु. १ अर्ब २८ करोड ५० लाख 
–    विशेष अनुदानतर्फ रु. ६७ करोड ६५ लाख रुपैयाँ प्राप्त 
–    ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारालाई सार्थक तुल्याउने उद्देश्य
–    ७ उद्देश्य, ७ प्राथमिकता र ७ रणनीतिक क्षेत्र समेटिएको बजेट 

सुदूरपश्चिम प्रदेश रु. ३१ अर्ब ६२ करोड
–    चालूतर्फ रु. ११ अर्ब ७ करोड 
–    पूँजीगततर्फ रु. १७ अर्ब ५३ करोड 
–    अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु. २ अर्ब ९२ करोड  
–    वित्तीय व्यवस्थातर्फ रु. १० करोड रुपैयाँ 

यसैबीच, मधेस प्रदेशले पनि आ.व. २०८१÷८२ का लागि बजेट सदनमा प्रस्तुत गरेको छ । मधेसको समृद्धि र कृषि क्षेत्र बजेटको प्राथमिकतामा देखिन्छन् । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update