News 24 Television
अर्थमन्त्रीको दाबी : नयाँ सरकार बनेको एक महिनामा राजश्वमा २० प्रतिशत वृद्धि

काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताए । 

शुक्रवार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उक्त दाबी गरे । उनले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको दाबी गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सरकारले अझै प्रभावकारी काम गर्न बाँकी रहेको बताए । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने उनकाे भनाइ छ ।

उनले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा ९ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएको बताए ।  पछिल्लो एक महिनाको अवधिमा पुँजीबजार उत्साहित भइरहेको भन्दै मौद्रिक नीतिको प्रभावले अर्थतन्त्रमा सकारात्मक असर गरेको उनकाे भनाइ छ ।

'वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेका छन् । अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी प्रभावकारी काम गर्न बाँकी छ,' उनले भने, 'गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको छ । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पु¥याउनुपर्छ । साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएका छन् । पुँजीबजार उत्साहित भइरहेको छ । मौद्रिक नीतिले जुन किसिमले सकारात्मक दृष्टिकोणहरु अगाडि सा¥यो । त्यसको प्रभाव अर्थतन्त्रमा परिरहेका छन् । भुक्तानी सन्तुलनमा अनकुल अवस्थामा छौं । रेमिट्यान्सको अवस्था सकारात्मक छ । अर्थतन्त्रका सूचकहरुले पनि वर्तमान सरकारले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्नेकुराको संकेत गरेको छ । अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई यही गतिमा अगाडि बढाएर लैजान्छ । मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर आइसकेको छैन । समग्र मागमा,उत्पादन,रोजगारी कमी छ । उद्योगहरु ४० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । राजश्वले साधरणखर्च धान्नुपर्ने अवस्थाबाट बाहिर निस्कन सकेका छैनौँ ।'

अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि नगरी विकास र समृद्धिका कुरा गरेर काम नभएको पनि बताए। उनले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार हाेसियार हुन आवश्यक देखिएको समेत बताए । सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीको लागि अर्थमन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update