News 24 Television
घटेन व्यापार घाटा, एक महिनामै १ खर्ब १६ अर्बको घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको आयात तथा निर्यात दुवैमा गिरावट आएको छ । जसले सरकारको ब्यापार घाटा चुलिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा नै सरकारलाई १ खर्ब १६ अर्बको व्यापार घाटा भएको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा भएको हो । भन्सार बिभागका अनुसार गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ। पेट्रोलियम पदार्थको आयात अझै बढ्दो अवस्थामा छ ।पेट्रोलियम पदार्थ, खाने तेल, कृषिजन्य बस्तुको आयातमा सरकारले ठुलो धनराशी खर्च गर्नु परेको छ । पछिल्लो पटक बैदेशिक रोजगारीबाट  रेमिट्यान्सको आप्रवाह बढे पनि र्दैनिक उपभोग्य बस्तुको आयातमा बिदेशी मुद्रा खर्च खर्चनु परेको छ ।

 

साउन महिनामा मात्र नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रूपैयाँको मात्रै निर्यात गरेको छ । नेपालको आयात र निर्यात ब्यापार बीचको असन्तुलन झन बढ्दो छ । नेपालको निर्यात भन्दा आयात बढ्दा ब्यापार घाटाको दायरा पनि बढेको हो । भन्सार विभागका अनुसार गत बर्षको साउन महिनाको तुलनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा नेपालको भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा भएको छ । 

चालु आर्थिक वर्षको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाखको निर्यात गरेको भन्सार विभागले जनाएको छ । नेपालको चीनसंग पनि ब्यापार घाटा बढेको छ । भन्सार बिभागका अनुसार चीनसंग पनि ब्यापार घाटा बढेको छ । गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो । नेपालले चीनसंग साउन महिनामा मात्र २४ अर्ब ३८ करोड ४७ लाख बराबरको ब्यापार घाटा भएको भन्सार बिभागले जनाएको छ । त्यसैगरी नेपालको ब्यापार घाटा भारत र चीन लगायत विश्वका अन्य मुलुकहरु कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँगे व्यापार घाटा उच्च छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेल लगायत छन् । त्यस्तै, साउनमा तीन अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको जनाएको छ । त्यर्सैगरी नेपालबाट नेपालले बढी निर्यात गरेका वस्तुहरुमा कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले एक अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३  मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्य अमेरिकासंग १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएका भएको र अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा भएको भन्सार बिभागले जनाएको छ । 

सरकारको हरेक बर्ष ब्यापार घाटा चुलिएको अवस्था छ । ब्यापार घाटा कम गर्न सरकारले निर्यात प्रतिस्थापन गर्नु पर्ने हुन्छ ।पेट्रोलियम पदार्थको अयात घटाउन सरकारले बिद्युतको उपभोग बढाउनु पर्ने हुन्छ ।नेपालमा अझै पनि बिद्युतको खपत बढ्न सकेको छैन । आम जनताको घर भान्सामा बिद्युतको खपत बढेको र्छैन । बिद्युतीय सवारी साधनको उपभोग बढाउन पर्याप्त विद्युत तथा चार्जिङ स्टेशनको निर्माण र बिद्युतिकरणमा प्राथमिकता दिनु पर्ने हुन्छ । तर ब्यवहारमा बिद्युतको उपयोग र आयात प्रतिस्थापन हुन नसक्दा ब्यापार घाटा चुलिएको हो ।


 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update