घरबाटै पक्राउ परे दुर्गा प्रसाई
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई भक्तपुरस्थित उनको घरबाटै पक्राउ गरेको हो ।
प्रसाईंविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिएको थियो । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई साइबर अपराध (विद्युतीय कारोबार ऐन) अन्तर्गत पक्राउ गरिएको जनाइएको छ ।
आइतबार प्रहरी टोली प्रसाईंलाई पक्रन मध्यपुर थिमी नगरपालिका वडा नं ६ स्थित घरमा पुगेको थियो । तर घरबाहिर प्रहरी १ घन्टा कुर्दा पनि भित्रबाट घरको गेट नै नखोलेपछि प्रहरीले कमाउण्ड नाघेर भित्र प्रवेश गरी उनलाई पक्रेर लगेको हो । साे क्रममा घरभित्रबाट प्रसाईका अंगरक्षकले अपशब्द बोलेको र केही हातपातको अवस्था निम्तिएको समेत बताइएको छ । प्रसाईसँगै उनका अंगरक्षकलाई समेत नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ १६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
