
काठमाडौं । केही प्रस्तावित अन्तर्राष्ट्रिय श्रृंखलासहित नेपाली क्रिकेटको वर्ष २०२५ का लागि क्यालेण्डर सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को दुई महिना सकिएपछि यस वर्षको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षणलगायत गतिविधि समावेश गर्दै क्रिकेट क्यालेण्डर सार्वजनिक गरेको हो ।
सन् २०२५ को दुई महिना सकिएपछि बल्ल नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आफ्नो क्यालेण्डर सार्वजनिक गरेको छ ।
यस वर्षको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षणलगायत गतिविधि समावेश गर्दै क्रिकेट क्यालेण्डर सार्वजनिक गरिएको हो ।
क्यानको क्यालेण्डरमा आपैंंmले आयोजना गर्ने कार्यक्रम मात्र समावेश छन् । यु–१६ र यु–१९ उमेरसमूहमा महिला र पुरुषमा पनि केही सीमित कार्यक्रम क्यानले गर्ने भएको छ ।
गत वर्ष क्यानले विभिन्न संघसस्था, जिल्ला र क्लवले गर्ने प्रतियोगितालाई आफ्नो वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यसपल्ट भने ती कार्यक्रमको मिति तय नभएकाले समावेश नगरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगितामार्पmत नेपाली क्रिकेटलाई ब्यस्त राख्ने लक्ष्य रहेको उनको भनाई छ ।
नेपालबाट जुलाई, अगस्ट र सेप्टेम्बरमा विश्वकप छनोटको तयारी गर्ने गरी श्रीलंका, भारत र अस्ट्रेलिया जाने कार्यक्रम रहेको छ । इङ्ल्यान्डको काउन्टी क्रिकेटको टोलीसँग पनि खेल्ने योजना रहेको छ । सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग खेल्ने गरी तयारी भइरहेको छ ।
सन् २०२५ मा नेपाल सहभागी हुने प्रतियोगिताहरु
- सन् २०२५ मा आईएसीसी विश्वकप लिग–२
- विश्वकप छनोट, हङकङ सिक्सेस, टी–२० र एकदविसीय अन्तर्राष्ट्रिय श्रृंखला
- इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिताका प्रतियोगिता
- ओमानमा हुने आईसीसी टी ट्वान्टी–२० क्वालिफायरअगाडि आईसीसी विश्वकप लिग–२ साइकलको खेल युएईमा
त्यसपछि नेपालको क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुट्ने भएको छ । यद्यपि एनपिएल आयोजनाको मिति भने आइसिसीबाट स्वीकृत भैनसकेको क्यानले जनाएको छ । वर्षको अन्त्यमा पनि नेपालको पुरुष टोलीले ओमानमा नै लिग–२ को खेल खेल्ने तयारी छ ।
अहिले त्रिभूवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निर्माणाधीन अवस्थामा छ । तल्लो मुलपानीको क्रिकेट ग्राउण्डमा यु–१९ विश्वकपको क्वालिफायर र माथिल्लो मुलपानी क्रिकेट मैदानमा त्यसको तयारी गर्ने क्यानले योजना बनाएको छ ।
क्यानका सचिव पारसले पूर्वाधारको कमिले गर्दा घरेलु मैदानमा धेरै अन्तर्राष्ट्रिय श्रृंखला गर्न नसकिएको र अधिकांश विदेशी भूमिमा पनि शृंखला केन्द्रित गरिएको उल्लेख गरेका छन् । नेपालको ‘ए’ टिमको पनि तयारीमा पनि क्यान रहेको छ । नेपालको महिला टोलीलाई मार्चदेखि नै क्रिकेट तालिकामा ब्यस्त क्यानले जनाएको छ ।
ग्रास रुट क्रिकेटलाई विकास गर्न विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।
क्यानका कार्यक्रमबाहेक जिल्ला र प्रदेशअन्तर्गत रहेर अन्य राष्ट्रिय प्रतियोगिता गराइने भएको छ । जसरी पनि विश्वकपमा छनोट हुनेगरी योजना तयार पारिएको क्यानका सचिव खड्काको विश्वास छ ।
क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ । करिव ७० जनाले अहिलेसम्म आवेदन दिएको र तीमध्ये दुई जना पूर्वराष्ट्रिय हेड कोच पनि रहेको क्यानले जनाएको छ ।