News 24 Television
गोदावरी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सिजन वैशाख २० गतेदेखि

काठमाडौं । गोदावरी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सिजन वैशाख २० गतेदेखि सुरु हुने भएको छ । ललितपुरको गोदावरी नगरपालिकाले आइतवार पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । 

गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने अन्तरपालिकास्तरीय प्रतियोगितामा दुई महानगर, १६ नगरपालिका र ३ गाउँपालिका गरी २१ टोलीको सहभागिता रहने अपेक्षा आयोजकको छ । 

१० भन्दा कम टोली सहभागि भए लिग र १५ भन्दा बढी टोली सहभागि भए नकआउट ढाँचामा खेलाइनेछ । एक करोड ९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख रकम मात्रै विनियोजन गरेको छ । 

गोदावरी मेयर कप दोस्रो सिजनका लागि नगरपालिकाले तयारी तीब्र पारेको छ । खेल क्षेत्रको विकासलाई विशेष महत्व दिने नगरपालिकाको भनाई छ । एक वडा एक खेल मैदान लक्ष्य सहित अघि बढेको यो पालिकामा छिट्टै नै गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने नगरप्रमुख गजेन्द्र महर्जनले प्रतिवद्धता जनाएका छन् । 

प्रतियोगिताको विजेताले टोलीले ट्रफि सहित नगद ५ लाख र दोस्रो हुने टोलीले ३ लाख नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागि अनुुुशासित टोलीले ५० हजार नगद पाउँदा हरेक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले ५ हजार नगद पाउनेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update