News 24 Television
सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ 

सर्लाही । ट्राफिक प्रहरीले सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन चेक जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका  ट्राफिक प्रहरी प्रमूख रजोश घिमीरेले बताए ।

पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, सर्लाही ट्राफिकले सडकमा चल्ने सवारी साधनको चेक जाँचमा कडाइ गरेका छौँ  ट्राफिक प्रहरी प्रमूख घिमीरेले भने, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका ट्राफिक प्रमूख बताउ छन ।” 

ट्राफिक प्रमूख घिमीरेका अनुसार दैनिक पूर्व–पश्चिम राजमार्ग लगायत विभिन्न भित्री सडकमा ट्राफिक जाँच गर्ने गरिएको छौ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको ट्राफिक निरीक्षक घिमीरेले बताए ।

‘जरिवाना उठाउने हामीलाई रहर छैन्, सकेसम्म जरिवाना नै काट्न नपरोस भन्ने चाहना ट्राफिक प्रहरीलाई हुन्छ’ ‘जरिवानाले दुर्घटना र मानविय क्षति कम हुँदैन । सबारि चालकहरुले सचेत भएर सवारी चलाए मात्रै यो सम्भव छ ।’ 

चालकको समुहलाई ट्राफिक प्रहरी निरिक्षक घिमीरेले जनचेतना मूलक कार्याक्ममा चालक ,सह चालक ,यात्री र पैदल यात्रीलाइ सम्झाई रहेका हून्छन । 

ट्राफिक प्रहरीको आँखा छलेर तिब्र गतिमा , मादक पदार्थ तथा लागुऔषध सेवन गरेर, हेल्मेट नलगाएर क्षमता भन्दा बढी यात्रु तथा सामान बोकेर सवारी नचलाउन, सवारी साधनमा बसेका यात्रु र आफ्नो परिवारको विषयमा सोच्न ट्राफिक प्रहरी निरिक्षक घिमीरेले अनुरोध गर्दा चालक ,सह चालक ,यात्री र पैदल यात्रीहरु गम्भिर देखिन्छन । 

ट्राफिक प्रहरीलाई झुक्याउन सफल भएपनि त्यसबाट निम्तिन सक्ने दुर्घटना रोक्न जो कोही पनि असफल हुने ट्राफिक प्रहरी निरिक्षक घिमीरेको तर्क छ ।

prahari-2-1745991088.JPG
‘दुर्घटना कसैले गर्छु भनेर हुने होईन,लापरवाहीले हुने हो । त्यो लापरवाही चालक ,सह चालक ,यात्री र पैदल यात्रीबाट नहोस् भन्ने मात्रै ट्राफिक प्रहरीकोे भनाई हो’ ‘त्यसैको लागी तपाईहरुलाई केही समय भएपनि यसरी सचेत गराउने प्रयास गरिरहेको छु । यसलाई गम्भिर भएर सोचिदिनुहोला । ट्राफिक प्रहरी निरिक्षक घिमीरेले सवारि चालकलाई भने । 
सर्लाही ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा पनि बढोत्तरी भएको छ । “मादक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायत चेक जाँच गर्ने गरिन्छ । 

ट्राफिक चेक जाँचका क्रममा सबैभन्दा बढी हेल्मेटविना र लाइसेन्स नभयका सवारी साधन चलाउने फेला पर्ने गरेका छन् । सवारी साधनको नम्बर सफा देखीने गरि लेख्न लगाउने गरियको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही जनायको छ ।

सवारी दुर्घटना न्यूनिकरणका लागि सर्लाही ट्राफिकले नौ महिनाको अवधिमा १ हजार ५२० जनचेतनामूलक कार्यक्रम गर्दा ८३ हजार ७८५ जना लाभान्वित भएका छन् । 

ट्राफिक नियम पालना गराउन र दुर्घटना न्यूनिकरण गर्न ‘अन द स्पोर्ट अवारनेस प्रोगाम’, यान्त्रिक परीक्षण, सवारी चेकजाँच, सडक प्रयोगकर्ता र दुुई पाङ्ग्रे सवारी चालकसँग दुुई मिनेट कार्यक्रम, विद्यार्थीलाई ट्राफिक सचेतना, चालक तथा सह–चालकको आँखा परीक्षण, उखु बोकेका सवारीमा टल्कने ब्यानर झुन्ड्याउने, ट्राफिक सचेतनामूलक स्टल प्रदर्शनीजस्ता कार्यक्रम गरिएको ट्राफिक प्रहरी निरीक्षक घिमिरेले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले ट्राफिक नियम उल्लङ्घन गरी सबारि चलाइएका १५ हजार ५२४ सवारीलाई कारवाही गरि ९ महिनाको अवधिमा एक करोड ५५ लाख ५७ हजार रुपियाँ राजस्व समेत सङ्कलन गरिएको छ ।

सर्लाहीमा आर्थिक वर्ष २०७९÷८० मा ९०२ र २०८०÷८१ मा ६१५ सडक दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०७९÷८० मा ६७ र २०८०÷८१ मा ६२ जनाको मृत्यु भएको तथ्यांक छ । 

२०८१÷८२ को चालूको चैत मसान्त सम्ममा दुर्घटना ६२२ मृत्यु ३७ घाइते ११०१ भयका छन । चालूआर्थिक वर्ष  २०८१÷८२ को चालूको चैत मसान्त सम्ममा सर्लाही ट्राफिकले राजस्ब १ करोड ५५ लाख ५७ हजार राजस्व उठायको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही मातहतमा ११ ट्राफिक यूनिट छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update