
काठमाडौँ । नेपाल शेयर बजार लगानीकर्ता संघको पहिलो पत्रकार सम्मेलन आज सफलतापूर्वक सम्पन्न भएको छ । महासचिव रविन कँडेलद्वारा उद्घोषित उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरे ।
लगानीकर्ता सुभाष चन्द्र भट्टराईले संघले लगानीकर्ताहरूको हकहितका लागि महासंघको अवधारणामा काम गर्ने र शेयर बजारका सम्भावना तथा चुनौतीहरूलाई आम लगानीकर्तामाझ पुर्याउने विश्वास व्यक्त गरे । वरिष्ठ आर्थिक पत्रकार नवराज चालिसेले शुभकामना मन्तव्यमार्फत प्रो–पब्लिक संस्थाको आवश्यकताबारे विचार राखे ।
संस्थाका अध्यक्ष केशव प्रसाद श्रेष्ठले संघ स्थापनाको उद्देश्य, संगठनात्मक संरचना र भविष्यका योजनाहरूबारे प्रष्ट पार्नुभयो। कार्यक्रम वरिष्ठ उपाध्यक्ष किशोर पौड्यालको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूका प्रश्नहरूको जवाफ दिइएको थियो।
यो पत्रकार सम्मेलनले नेपाल शेयर बजार लगानीकर्ता संघको भविष्यका कार्ययोजनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।