News 24 Television
भारत पाकिस्तान युद्ध अन्त्यकोसहमतिः अमेरिका, सिन्धु जलसन्धि र हवाई रुटबारे के थाहा छ ?

काठमाडौं । भारत–पाकिस्तानबीच चलेको युद्ध अन्ततः सहमतिमा टुंगिएको छ । अमेरिकाको विशेष पहलमा भएको मध्यस्थताले भारत–पाकिस्तान युद्धअन्त्यका लागि राजी भएका हुन्। दुई देशका सरकारी अधिकारीहरुले नै युद्धविरामका लागि सहमत भएको खुलासा गरेका छन् । उसोतः युद्धविराम भएपनि सिन्धु जलसन्धि लगायतका केहि विषय भने अनुत्तरित नै छन् ।

यता, पाकिस्तानले समेत आफ्नो आकासमा लगाएको हवाई प्रतिबन्ध खुला गरेको छ भने दुई देशका सीमा क्षेत्रका बासिन्दाले खुशी साटिरहेका छन् । 

दुबै देश युद्धविरामका लागि सहमत भएसँगै अब भारतले सैन्य कारबाही नगर्ने भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको खुलासा गरेको केहि समयमै पाकिस्तानका परराष्ट्रमन्त्री ईशाक दारले समेत यस विषयमा पुष्टि गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार पाकिस्तानी परराष्ट्रमन्त्री मोहम्मद ईशाक दारले विभिन्न राष्ट्रहरुको समन्वयमा भारत–पाकिस्तान युद्धविरामका लागि तयार भएका हुन् । यसैगरि, भारत सरकारले पनि केहीबेरमै युद्धविरामको विषयमा औपचारिक जानकारी गराउनका लागि सम्मेलन गर्दैछ । 

दुई राष्ट्रबीचको युद्धविरामका लागि अमेरिका, चीनलगाएत जी सेभेनका राष्ट्रहरुले समेत भूमिका खेलेका थिए । भने, अमेरिकाले विशेष पहल गरेको दाबी छ ।’पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ’ परराष्ट्रमन्त्री ईशाकले सामाजिक सञ्जाल एक्समा भनेका छन् । उसोतः भारतका विदेश सचिव विक्रम मिश्रीले पनि दुई देशबीच युद्धविराम गर्ने सहमति भएको खुलासा गरेका छन् ।

मिश्रीले जमिन, हावा र समुद्रमा सबै लडाईं र सैन्य कारबाही रोक्ने कुरामा सहमति भएको जिकिर गरेका छन् । युद्धविरामका केहि घटनाक्रमहरु यस्ता छन् ।

१. भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय मध्यस्थता पछि तत्काल युद्धविरामको लागि सम्झौतामा पुगेको पुष्टि गरेका छन् ।

२. दुवै देशका सैन्य अपरेशन प्रमुखहरूले शनिबार दिउँसो वार्ताको क्रममा जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही रोक्न सहमति जनाएका थिए ।

३. भारतका अनुसार उनीहरूले मे १२ मा यो विषयमा थप छलफलमा जुट्नेछन् र जानकारी सार्वजनिक गर्नेछन् ।

४. दुवै देशका बासिन्दा र प्रत्येक देशका प्रशासित कश्मीरका क्षेत्रहरूमा राहतको साथ युद्धविराम घोषणाको भव्य स्वागत गरिएको छ।

५. अमेरिकी विदेशमन्त्रीले भारत र पाकिस्तानले “तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता गर्न“ पनि सहमति जनाएको जानकारी दिएका छन्।

६. भारत पाकिस्तान युद्धविराम भएपनि सिन्धु जलसन्धिबारेको अन्योलताबार समेत थप विमर्श हुनुपर्ने आवाज पाकिस्तानमा तीब्र रुपमा उठेको छ ।

भारत पाकिस्तान युद्ध अन्त्यकोसहमतिः अमेरिका, सिन्धु जलसन्धि र हवाई रुटबारे के थाहा छ ?

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update