News 24 Television
बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेश

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेटका सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस गरेको छ ।  विनियोजन विधेयकका रूपमा आइतबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा बैठकमा छलफलका लागि उक्त प्रस्ताव पेश गरेका हुन् ।

आइतबारै संसदका दुवै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । नीति तथा कार्यक्रम अनुरुप हुनेगरी बजेटका सिद्धान्त र प्राथमिकता पेस गरिएको हो ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका उदीयमान क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याउन लागिएको जानकारी दिए । साथै निजी क्षेत्र मैत्री र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनेगरी सबल अर्थतन्त्र निर्माण गर्ने बजेटको प्राथमिकता रहेको बताए ।
 

 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update