
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आन्तरिक उत्पादन, पर्यटन, कृषि र जलस्रोत क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई आग्रह गरेको छ । नयाँ बजेटले मुलुकको अर्थतन्त्र चलायमान बनाउने वाटो तय गरोस् भन्दै उद्योगी ब्यवसायीहरुले निजी क्षेत्रको विश्वास आर्जन गर्न सक्ने बजेट ल्याउनु पर्ने बताए । करको दर भन्दा पनि करको दायरा बढाउने खालको अर्थतन्त्रलाई गति दिन पनि उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् ।
आइतवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेटको सम्वन्धमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग निजी क्षेत्रको मनोवल बढाउने खालको कार्यक्रम ल्याउन आग्रह गरेको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले आन्तरिक उत्पादन प्रर्वद्धन गर्न र लगानीकर्ताको विश्वास जित्न सक्नु पर्नेमा जोड दिए ।
बजेटमा साना तथा मझौला उद्यमी ब्यवसायी तथा बिभिन्न स्थानीय कृषि उत्पादन र ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन बजेटले प्राथमिकता दिनु पर्नेमा महासंघले जोड दिएको छ ।
अर्थतन्त्रमा अनौपचारिक क्षेत्र सकृय भएकोले सरकारलाई कर तथा राजश्व असूलीको लक्ष्य पुरा गर्न कठिन भएको अवस्थामा अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य पुरा गर्न निजी क्षेत्रलाई सहयोग र सहकार्यका लागि आग्रह गरे ।
निजी क्षेत्रका उद्यमी ब्यवसायीहरुले बजेटमा कर तथा राजश्वको बृद्धि गर्न अर्थतन्त्रमा आन्तरिक झमता र अनौपचारिक अर्थतन्त्रको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले निजी क्षेत्रलाई उत्साहित हुने नीति ल्याउने बताए ।
सरकारले नीजि क्षेत्रलाई उद्योग धन्दा प्रर्वद्धन गर्ने खालको नीति र योजना ल्याउन माग गदै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले राजश्वको समस्या समाधान गर्न स्थायी राजश्व वोर्डको आवश्यकता रहेको हुदाँ निजी क्षेत्रमैत्री बजेट तर्जुमा गर्न माग गरे ।
महासंघमा आवछ बिभिन्न क्षेत्रका उद्यमी तथा ब्यवसायीहरुले आगामी आर्थिक बर्षको बजेट अर्थतन्त्रको वास्तविक समस्यालाई निकास दिन सक्ने र यथार्थपरक ल्याउनु पर्ने माग गरेका छन् । समग्र अर्थतन्त्रले गति पाउने खालको कार्यक्रम र योजना ल्याउन अहिले अर्थमन्त्री पौडेलमाथि दबाब छ ।