
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीकाे मुख्य शहर इस्तानबुलमा यही मे १५ (बिहीबार) का दिन युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका छन् । उनकाे उक्त प्रस्ताव इस्तानबुलमा सीधा भेटवार्ताका लागि पुटिनले प्रस्ताव गरेको र जेलेन्स्कीले स्वीकार गरेको बताइएको छ । यस वार्तालाई दुई देशबीच शान्तिवार्ताका रुपमा हेरिएको छ ।
आइतबार क्रेमलिनमा पत्रकारहरूलाई दिएको एक विज्ञप्तिमा पुटिनले रूस युक्रेनसँग चलिरहेको द्वन्द्वको मुल कारणहरूलाई सम्बोधन गर्न र दिगो र स्थिर शान्तिको लागि आधार तयार गर्न गम्भीर वार्ताका लागि प्रतिबद्ध रहेको बताएका थिए । उनले प्रश्तावित वार्ताको क्रममा युद्धविराम सम्झौताको सम्भावनाको बारेमा छलफल गर्न सकिने उल्लेख गरे ।
जेलेन्स्कीले इस्तानबुलमा पुटिनलाई भेट्न पर्खिरहेको हुनेछु भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पको पहलमा दुई देशबीच शान्तिवार्ता तय भएको बताइन्छ ।