News 24 Television
तरबुजाको यस्तो चुलिलाग्दो मेला ! पहिले चाख्ने, मनपरे किन्ने !

कास्की । गर्मीको मौसम अनि तरबुजाको स्वाद ! गर्मी मौसमसँगै तरबुजाको तालमेल मज्जाको  मिल्छ । तरबुजामा नेपालीको आकर्षण बढेको  मात्रै होइन, यसको खेतीमा पनि आकर्षित हुन थालेका छन् कृषक । 

त्यसैले स्थानीय उत्पादनको प्रवद्र्धन र कृषकलाई प्रोत्साहनका लागि पोखरामा तरबुजा मेला नै सम्पन्न गरिएको छ । गर्मी मौसममा तरबुजाको खानकी प्रायले गर्ने गर्छन् । स्वादिलो अनि रसिलो, स्वास्थ्यका लागि पनि काइदाको फाइदा दिने तरबुजाको प्रवद्र्धनका लागि पोखरामा तरबुजा मेला नै सम्पन्न गरिएको छ । 

स्थानीय उत्पादनको प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका कृषि विकास महाशाखा र वडा १३ को आयोजनामा पोखरामा तरबुजा मेला सम्पन्न गरिएको हो । 

खरबुजा र तरबुजा गर्मी ठाँउमा फल्ने तराईको उत्पादनको रुपमा परिचित छ । तर, पछिल्लो समय पोखरामा पनि खरबुजा र तरबुजाको खेतीमा आकर्षण बढ्दो छ । 

उत्पादन राम्रो हुने र आयआर्जन पनि गर्न सकिने भए पछि यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो । यही आकर्षणलाई मध्येनजर गर्दै ’रसिलो, ताजा र स्वादिलो – स्थानीय तरबुजा उपभोग गरौं’ भन्ने सन्देशसहित तरबुजा मेला गरिएको हो । यस  मेलाले कृषक र उपभोक्ताबीचको सीधा सम्पर्क जोडेको छ ।

स्थानीय किसानहरूले उत्पादन गरेका ताजा र रसिला तरबुजाहरूको प्रदर्शन, विक्री वितरण सहित तरबुजा खाने प्रतियोगिता नै गरियो । 

उत्पादन राम्रो हुने र आयआर्जन पनि गर्न सकिने भए पछि यस तर्फ किसानको आकर्षण बढ्न थालेको छ । सिंचाई र बजार व्यवस्थापनमा वडाले उचित कदम चाल्न सके कृषकले तरबुजा उत्पादन अझ धेरै गर्न सक्ने कृषकको अपेक्षा छ ।

तरबुजा उत्पादनमा आकर्षण त बढेको छ, तर यसको बजार व्यवस्थापन हुन सकेन भने कृषकको उत्पादन खेर जाने देखिएको छ । तर, स्थानीय सरकारले बजार व्यवस्थापनका लागि समन्वय गरिरहेको छ । 

गत वर्षदेखि तरबुजा खेतीको सफल उत्पादन हुन थालेपछि वडा नम्बर १३ मा मात्र होइन पोखराका अन्य स्थानमा पनि तरबुजा खेती सुरु भएको छ । सुरुमा १० रोपनी क्षेत्रमा मात्र सुरु भएको यो तरबुजा खेती अहिले पोखराका विभिन्न स्थानमा गरी २ सय रोपनीमा खेती उत्पादन भएको कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन् । 

स्थानीय उत्पादनलाई प्रोत्साहन दिने यस्ता मेला भविष्यमा पनि निरन्तर आयोजना गरिने आयोजकको भनाइ छ । यसरी सफल भएको उत्पादनले कृषकको आर्थिक विकासलाई मात्र होइन देशकै अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update