
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट ल्याएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट संघीय संसदमा प्रस्तुत गरेका हुन् ।
विनियोजित बजेटमध्ये ठूलो हिस्सा चालु खर्चतर्फ छुट्याएको छ । चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत छुट्याउँदा पूँजीगततर्फ भने ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत मात्रै छुट्याएको छ । यसैगरी वित्तीय क्षेत्रतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
आगामी वर्षको लागि वित्तीय समानीकरण अनुदान १ अर्ब ४८ करोड हस्तान्तरण गरिएको छ । वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६९ अर्ब ६६ करोड, स्थानीय तहको लागि ८८ अर्ब ९७ करोड सशर्त अनुदान प्रदेशको ३० अर्ब ३५ करोड स्थानीय तहको २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री पौडेलका अनुसार प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ३ अर्ब २८ करोड र १० अर्ब ६ करोड विनियोजन गरिएको छ । विशेष अनुदान प्रदेशको लागि ३ अर्ब २७ करोड र स्थानीय तहको लागि ९ अर्ब ७८ करोड विनियोजन गरिएको छ ।
हेर्नुस् बजेट भाषणकाे पूर्णपाठः