News 24 Television
पूर्व अर्थमन्त्री महत भन्छन्-  'सरकारको खर्च कटौती र चुस्त सेवा प्रवाहबारे बजेट मौन'

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै सांसद महतले यस्तो टिप्पणी गरेका हुन् । उनले बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने कुरालाई सम्बोधन गर्न नसकेको बताए । उनले स्थानीय मदिराको ब्राण्डिङ तथा व्यावसायीकरणको विषय समेत बजेटले सम्बोधन गर्न नसकेको बताए ।

आफू अर्थमन्त्री भएको समयमा कार्यविधि समेत अगाडि बढिसकेको भए पनि अगामी आर्थिक वर्षको बजेटमा स्थानीय मदिरा ब्राण्डिङको विषयमा मौन रहेको उनको टिप्पणी छ । 

उनले भने, ‘बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने र अनावश्यक संरचनाहरु हटाउने कुरामा बजेट मौन छ । जाँडलाई ब्राण्डिङ गर्ने कुरा मैले पनि बजेटमा बोलेको थिए । त्यो कार्यविधि अगाडि पनि बढेको थियो । यसपटकको बजेट त्यसमा पनि मौन छ । सम्रगमा विनियोजनको विधेयक प्राप्त भएपछि परिणामुखी कति छ भन्नेकुरा आउँछ ।’

उनले वितरणमुखी योजना हटाउन तीनभन्दा तलका योजनाहरु नराख्ने सरकारको निर्णय स्वागतयोग्य रहेको पनि बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update