
काठमाडौँ । देशव्यापी अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको अवस्थामा इनड्राइभले आफ्ना प्रयोगकर्ताहरुलाई यातायातको वैकल्पिक र भरपर्दो सेवा प्रदान गर्दै सहयोग गरिरहेको छ।
सुलभ र सजिलो यातायात सुनिश्चित गर्ने प्रयासको मुख्य आधार बिडिङ (मोलमोलाई) मोडल रहेकाे इनड्राइभले जनाएकाे छ । इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आँफैलाई भाडादर तय गर्ने अधिकार दिएकाे जनाएकाे छ ।
जसअनुसार यात्रुहरुले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर उल्लेख गर्छन्। सो प्रस्ताव नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकहरूले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन्।
इनड्राइभको ‘फेयर प्राईस’ मोडलले नेपालको राइड-हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिने र यसले यात्रुहरूलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा उपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।
हालको यातायात बन्दको अवस्थामा पनि, इनड्राइभ प्लेटफर्ममा दशौं हजार चालकहरूले यात्रुहरूलाई सवारी सेवाको निरन्तरता दिइरहेका छन्। चालकहरूबाट अत्यन्त न्यूनतम कमिशन लिने नीतिमा विश्वास गर्ने र त्यसलाई व्यवहारमा पनि उतारिरहेकाे इनड्राइभकाे दाबी छ ।
यही सन्दर्भमा, हामीले चार-पाङ्ग्रे सवारी साधन (कार) का चालकहरूलाई पिक-आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिशन सुविधा उपलब्ध गराएकाे समेत कम्पनीले दाबी गरेकाे छ। यसले चालकहरूको आम्दानी बढाउनेछ भने यात्रुहरूलाई सहज रूपमा राइड पाउन सजिलो बनाउनेछ । साथै, मोटरसाइकल चालकहरूका लागि पनि विभिन्न बोनस योजना सञ्चालन गरिरहेको जानकारी उनीहरूलाई एपमार्फत निरन्तर रुपमा दिइरहेकाे बताएकाे छ ।