News 24 Television
न्यूज २४ कर्मी नवराज चालिसे कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत 

कामठाडौँ । न्यूज २४ टेलिभिजनका अर्थ ब्यूरो प्रमुख नवराज चालिसे दशककै उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । 

मंगलबार कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले डेरी उद्योग संघको १६ औँ साधारण सभाको अवसरमा चालिसे लगायत पत्रकारहरुलाई सम्मान सम्मान गरेका हुन् ।  

आर्थिक पत्रकारिता अन्र्तगत कृषि क्षेत्रमा मुद्दाहरुलाई विभिन्न माध्यमबाट समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारबाट टक्सार म्यागेजिनका सम्पादक किरण आचार्य, गोरखापत्रका सुरेश यादव, कान्तिपुर दैनिकका राजु चौधरी र क्लिममाण्डु डटकमका राजेश वर्मा सम्मानित भएको हुन् । 

कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्व र आवश्यकतालाई प्रभावकारी रुपमा जनसमक्ष ल्याउन संचारमाध्यमले निर्वाह गरेको भूमिकाको चर्चा गरे । 

497642a2-a3cb-4ca6-b2b1-e525b5836776-1748965532.jpg
डेरी उद्योग संघको आयोजनामा आयोजित  कार्यक्रममा डेरी उद्योग र कृषकहरुको समस्यालाई बजेट मार्फत समाधान गर्ने प्रयास गरेको बताउँदै मन्त्री अधिकारीले किसानको दुधको मूल्यको भुक्तानी गर्न डेरी क्षेत्रको समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाले डेरीजन्य उद्योगको समस्याको समाधान गरी मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको डेरी उद्योगको समस्या समाधान गर्न सरकार गम्भीर हुनु पर्ने बताए ।

डेरी उद्योग संघका उपाध्यक्ष निरञ्जन श्रेष्ठले अर्थतन्त्रमा महत्पूर्ण हिस्सा ओगटेको डेरी उद्योगको समस्या पहिचान गरी दुग्धजन्य उद्योगको संभावना भएर पनि समस्या रहेको तथ्यहरु प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update