News 24 Television
दक्षिण कोरियामा नव निर्वाचित राष्ट्रपति ली जे–म्युङको  कार्यकाल सुरू

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले बुधवार राष्ट्रिय निर्वाचन आयोगले आफ्नो चुनावी विजयको पुष्टि गरेपछि औपचारिक रूपमा आफ्नो पाँच वर्षे कार्यकाल सुरू गरेका छन् ।

स्थानीय समय अनुसार बिहान ६ः२१ बजे पूर्ण सत्रमा निर्वाचन निगरानीकर्ताको स्वीकृतिमा लीले राष्ट्रपति पद सम्हालेका हुन् । गत डिसेम्बरमा उनका पूर्ववर्ती राष्ट्रपतिको असफल मार्शल ल कदमका कारण भएको राष्ट्रपति उपनिर्वाचनमा उनी निर्वाचित भएका हुन् ।

बहुमत उदारवादी डेमोक्र्याटिक पार्टीका लीले ४९.४२ प्रतिशत मतका साथ तत्काल चुनाव जिते, उनले आफ्ना प्रमुख प्रतिद्वन्द्वी कन्जरभेटिभ पिपुल पावर पार्टीका किम मुन–सूलाई ४१.१५ प्रतिशत मतान्तरले पराजित गरे ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update