News 24 Television
भरियाले जिते लाङ्टाङ म्याराथनको उपाधि

काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहाडमा होस् वा हिमालमा बेलबेलामा ‘ट्रेल म्याराथन’ को आयोजना गर्ने गरिन्छ । पर्यटन प्रवद्र्धनकै शिलशिलामा रसुवाको गोसाईकुण्ड गाउँपालिकाले पनि क्यान्जेन गुम्बाबाट स्याफ्रुबेसीसम्म ३२ किलोमिटर ‘लाङटाङङटे««ल रेस’ आयोजना गरेको थियो । 

रेसमा म्याराथन धावक, ट्रेकिङ गाइडदेखि भरियासम्मले भाग लिए । जसमा म्याराथन धावकलाई समेतपछि पार्दै मिलन कुलुङले उपाधि जिते भने विशाल राई दोस्रो भए ।  उपाधि जितेका मिलन र दोस्रो बनेका बिशालको दैनिकी भने दुःखदायी छ । 

रसुवाको गोसाईकुण्ड गाउँपालिकामा पर्ने क्यान्जेन गुम्बाबाट स्याफ्रुबेसी सम्म ३२ किलो मिटरको लाङटाङ टे««ल रनमा पुरुषतर्फ सोलुखुम्बुका मिलन कुलुङ प्रथम र पाँचथरका विशाल राई दोस्रो भए । 

क्यान्जेन गुम्बाबाट स्याफु्र बेसी झर्ने कठिन बाटो छिचोलेर उपाधी चुमेका उनीहरुले म्याराथन मात्रै जितेनन् मनको गहिरो घाउ र अभावका पहाडलाई पनि जिते । सामान्य मानिसलाई  ३२ किलोमिटरको ओरालो पार गर्न करीब १५ घन्टा भन्दा बढी खुट्टामै फोका नै उठ्ने गरी हिड्नु पर्छ । तर मिलनले यो दुरी २ घण्टा २६ मिनेट ४६ सेकेन्ड र विशालले २ घण्टा २७ मिनेट १५ सेकेन्डमा पुरा गरे । म्याराथन धावकहरुलाई उछिनेर उपाधि जितेका सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ का मिलन टुहुरा हुन् । सानैमा आमाबाबु गुमाएएका मिलन अरुको घरमा काम गरेर हुर्के बढे । 

अनि, जीविकोपार्जनका लागि पर्यटकको भारी बोक्ने भरियाको काम गरे । नाम्चेमा बस्दा सगरमाथा बेसक्याम्पसम्म हिमाल आरोहण गर्न वा घुम्न आउने पर्यटकहरुको भारी बोकेर जीविकोपार्जन गरेका मिलनले आमा बाबुको माया समेत थाहा पाउन सकेनन् । अहिले पनि ट्रेकिङ्ग वा हिमाल आरोहण गर्न आउने पर्यटकको भारी बोक्ने गरेका मिलन अर्कैले दिएको जुत्ता लगाएर दौडिए । ट्रेल रेसमा भाग लिएका उनको  पहिलो पटक उपाधि जितेपछि राम्रो जुत्ता किन्ने रहर छ । 

ट्रेल रेसमा दोस्रो बनेका बिशालको जीवनी पनि पीडादायी छ । उनको पनि धावकले लाउने जस्तो जुत्ता थिएन । फाटेर सिलाइएको स्पोर्टस् जुत्ता लगाएर धावकहरुसँग प्रतिष्पर्धी बनेका थिए । 

सोललाई कपडाले छाडिसकेको जुत्तामा न त ग्रिप थियो, न त बलियो सोल । नयाँ जुत्ता किन्ने समेत पैसा नभएर फाटेकै जुत्ताको भरमा ट्रेल रेसमा भाग लिएका विशाल दोस्रो भएपछि निकै उत्साहित छन् । पाँचथर फिदिम नगरपालिका १४ लुङरुपाका विशालले पनि सानैमा आमा गुमाए । बुवा र दिदिबहिनीसँगै बस्ने विशालको काँधमा परिवारको जिम्मेवारी छ । गाउँमै खेती किसानी गर्ने विशालको म्याराथन धावक बन्ने ठूलो चाहना पनि छैन । 

क्यान्जेन गुम्बाबाट स्याफ्रुबेसी झर्ने ट्रेकिङ्ग रेसको ट्रयाकको चुनौति भन्दा पनि मिलन र विशालका जीवनका कठिनाइहरु भीमकाय छन् । ट्रेल रेसमा उनीहरुको गति मात्र देखिएन सपना र आशा पनि मिसिएको थियो । त्यही सपना र आशा बोकेर दौडिएका उनीहरु म्याराथन धावकहलाई समेत उछिनेर बाजी मार्न सफल भए । जो म्याराथन धावक बनेर राष्ट्रकै नाम राख्ने आशाको किरण बनेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update