News 24 Television
प्रदेश सरकारहरुले ल्याए बजेट, समेटिए महत्वकांक्षी योजना र नीति

काठमाडौं । प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । कर्णाली प्रदेशमा बजेट प्रस्तुतिका दिन सत्ता पक्ष र प्रतिपक्षबीच विवाद समेत देखियो । आगामी आ.व.का लागि समग्रमा कुन प्रदेशको बजेट कस्तो छ त ?

प्रदेश सरकारहरुले आइतबार बजेट प्रस्तुत गरेका छन् । 

आगामी आ. व. २०८२÷८३ का लागि कुन प्रदेशको बजेट कति र कस्तो छ त ?

 कोशी प्रदेश सरकारको आगामी आ.व.को बजेट

-    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु. ३५ अर्ब ८७ करोड ९९ लाख बराबरको बजेट ल्याएको छ । 

-    आइतबार मोरङको विराटनगरस्थित प्रदेशसभा भवनमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गत वर्षभन्दा करिब १ दशमलव ७ प्रतिशत बढीको बजेट प्रस्तुत गरेका हुन् । 

-    प्रदेशको आर्थिक वृद्धि दर चालू आर्थिक वर्षमा ३ दशमलव ३४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

-  बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिंचाई तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड विनियोजन गरिएको छ ।

मधेस प्रदेश सरकारको बजेट कति र कस्तो ?

-  मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि रु. ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ ।

ड्ड    चालु बजेटतर्फ रु. १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ, भने पूँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकारको बजेट कति र कस्तो ?

-   गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । 

-   आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । 

-  चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%),पूँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । 

-   पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड रुपैयाँ अनुमान छ । 

-    स्वास्थ्य मन्त्रालयलाई रु. ३ अर्ब ३२ करोड, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई रु.  ११ अर्ब ९८ करोड, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई रु. ३ अर्ब ८८ करोड, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई रु. २ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको बजेट कति र कस्तो ?

-  लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८२÷०८३ का  लागि रु. ३८ अर्ब ९१ करोडको बजेट प्रस्तुत गरेको छ । 

-    लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा बजेट पेश गरेका हुन् ।

-    चालुतर्फ रु. १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पूँजीगततर्फ रु. २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ ।

-    वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । 

-    कृषिको उत्पादकत्व र दीगो विकासका लागि ४ अर्ब ७२ करोड बजेट छुट्याइएको छ । 

बागमती र सुदूरपश्चिम प्रदेश सरकारले समेत बजेट ल्याएका छन् । बजेट ल्याउने दिनमै कर्णाली प्रदेशमा विवाद नै देखियो । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update