News 24 Television
पछि हट्यो अमेरिका ! कूटनीतिमा जोड, लड्ने मुडमै इजरायल !

काठमाडौँ । इरान–इजरायल युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता थप अन्योलपूर्ण बनेको छ । इरानमा रहेको फोर्डो न्युक्लियर साइट ध्वस्त पार्न अमेरिकी सहयोगको आशामा इजरायल रहेको भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हप्ता कुटनीतिमै जोड दिने बताएका हुन् । इजरायलसँगै मिलेर इरानमाथि प्रहारबारे रणनीतिमा व्यस्त ट्रम्पले तत्कालको लागि इरानको माथिको आक्रमण भन्दा पनि कुटनीतिलाई जोड दिएका छन् । 

इजरायली चाहना !

इजरायलको लागि अहिले चिन्ताको विषय बनेको छ– फोर्डो न्यक्यिलर साइट  । किनकि यो जमिनको सतहभन्दा झण्डै २६० देखि ३०० फिट मूनि रहेको बताइन्छ । र, यसलाई ध्वस्त गर्ने हतियार इजरायलसँग छैन । त्यसैकारण इजरायल अमेरिकी सहयोगको अपेक्षामा रहेको बताइन्छ । 

जमिन भन्दा ३०० फिट मुनि रहेको मानिने फोर्डो न्यूक्लियर साइटलाई ध्वस्त गर्ने बम अमेरिकासँग मात्र रहेको छ । जसको नाम हो– न्द्यग् छठ mबककष्खभ यचमबलअभ एभलभतचबतयच। यस बमको लम्वाइ ६ मिटर र तौल १३ हजार केजी छ । यो बम जमिनको सतहदेखि २०० फिटसम्म मूनि जान सक्ने र त्यस पछि विस्फोट हुने बताइन्छ । र, यो बमलाई बोक्न सक्ने प्लेन पनि अमेरिकासँग मात्र रहेको छ । जसको नाम हो बी टु स्टेल्थ बमर । इजरायलसँग न त यस्तो बम छ न त  प्लेन नै । त्यसकारण, पनि इजरायल इरानविरुद्धको आफ्नो हवाइ आक्रमणमा अमेरिका पनि प्रत्यक्ष संलग्न भइदिइओस् भन्ने चाहिरहेको छ । 

पछि हट्यो अमेरिका !

अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलको सहयोगमै रहेको भए पनि अमेरिकालाई युद्धमा होम्न भने हच्किएका छन् । अफगानस्तान युद्ध होस् वा इराक युद्ध । दुबैमा अमेरिकी संलग्नताप्रति ट्रम्प आलोचनात्मक थिए । त्यस्तै, उनले आफ्नो चुनावी अभियानमा पनि आफू शान्तिको पक्षमा रहेको बताएका थिए । र, अमेरिकालाई युद्धमा होइन, शान्तिको मार्गमा अघि बढाउने उनको वाचा थियो । त्यसकारण, पनि उनी कुनै त्यस्तो निर्णय गर्ने सोचमा नरहेको बताइन्छ, जसले अमेरिकालाई युद्धमा लैजाओस् । 

बाँकी भिडियोमा हेर्नुहोस् :


 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update