News 24 Television
अमेरिकी आक्रमणपछि इरान शक्तिशाली एक्सनमा ! अबको टार्गेट यस्तो !  

काठमाडौं । इरान–इजरायल युद्धमा अमेरिका पनि सामेल भएपछि मध्यपूर्वको तनाव थप चुलिएको छ । अमेरिकाले इरानका आणविक संशोधन केन्द्रमा गरेको बमबारीले अब विश्वमा शान्ति स्थापना कठिन बन्दै गइरहेको छ भने, नोबेल शान्ति पुरस्कारका भोका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्थिर कदमले विश्व नै संकटतर्फ धकेलिने सम्भावना बढेको छ ।

अमेरिकाले इरानको आणविक संशोधन केन्द्रमा बमबारी गरेसँगै  विश्वमा अशान्तिको खाडल झनै गहिरो बनिसकेको छ । इरानमाथि आक्रमण गर्ने वा नगर्र्ने भन्ने  सोच्नका लागि दुईहप्ताको समय लिने घोषणा गरेको अमेरिकाले आफ्नै घोषणाविपरित युद्ध अपराधको शैलीमा दई दिनमै बमबारी गरेपछि मध्यपूर्वको तनाव थप उत्कर्षमा पुगेको हो । 

अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बङ्कर बस्टर बम हमला गरेको दाबी गरेको छ भने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आक्रमण “निकै सफल“ भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको “फूल पेलोड“ खसालिएको समेत बताएका छन् । यता, इरानले पनि आक्रमणको पुष्टी गरेको छ । 

अमेरिकाले इरानविरुद्ध हमला गरेपछि विश्व समूदायले नै गहिरो चिन्ता प्रकट गरिरहेको छ भने, अब कुटनीतिक समाधानको विकल्प नभएको भनिरहेका छन् । तर, अमेरिकाले भने इरान परमाणु कार्यक्रम स्थगित गर्न तयार नभए अझैं भयानक स्थिति र आक्रमणबाट गुज्रिनुपर्ने चेतावनी दिइरहेको छ । 

इरानको चेतावनी

इरानको इस्लामिक रिभोल्युस्नरी गार्ड कप्र्सले अमेरिकालाई चेतावनी दिँदै आफुहरुले बदला लिने भएकाले सामना गर्न तयार रहनु भनिसकेको छ ।  इरानले भनेको छ, ’अमेरिका र इजरायलको बुझाइभन्दा बाहिरका विकल्पहरू प्रयोग गरिनेछ र उनीहरू पछुताउनुपर्नेछ । 

इरानले अबका आक्रमणलाई आत्मरक्षाको वैध अधिकारको रुपमा समेत ब्याख्या गरेको छ । 

इरानको इस्लामिक रिभोल्युस्नरी गार्डले जारी गरेको वक्तव्यले नै अमेरिका र इजरायलद्वारा संयुक्त र पूर्णरुपमा युद्ध थोपरिएको भन्दै उनीहरुको धम्कीबाट कहिलै नडराउने चेतावनी समेत दिएको छ । इरानले इजरयालतर्फ शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै ठूलो क्षति पु¥याइरहेको छ । इरानले आफ्नो आणविक कार्यक्रम नरोक्ने चेतावनी समेत दिदै आएको छ ।

आणविक केन्द्रमा शंकास्पद गतिविधि ट्र्याक

इरानद्वारा सञ्चालित फोर्दोको आणविक संशोधन केन्द्रमा अमेरिकी आक्रमणको केहिदिन पहिलेमात्रै शंकास्पद गतिविधि देखिएको भन्दै सेटेलाइट तस्विरहरु सार्वजनिक भएका छन् । अमेरिकाले आक्रमण गरेको फोर्दोका केहि शंकास्पद तस्विरहरुले आणविक क्षेत्रलाई इरानले खाली गराएको थियो भन्ने कोणबाट समेत विश्लेषण हुन थालेको छ । 

अलजजिराले जुन १९ र जुन २० मा लिइएका तस्बिरहरूमा भूमिगत इन्धन प्रशोधन केन्द्र फोर्दोको प्रवेशद्वार नजिक असामान्य गतिविधिहरू देखिएको भन्दै समाचार प्रकाशन गरेको छ । जसमा ट्रक र सवारीसाधनहरु बाहिर लस्करै देखिएको र सुरुङमार्गको प्रवेशद्वारतर्फ जाने सडक छेउमा १६ कार्गो ट्रकहरु देखिएको दाबी गरिएको छ । सार्वजनिक भएका तस्विरहरूमा स्थलको मुख्य प्रवेशद्वार नजिक थप ट्रकहरू र केही बुलडोजरहरू पनि देखिएका छन्, जसमा एउटा ट्रक सुरुङको मुख्य प्रवेशद्वारकै छेउमा पार्क गरिएको देखिन्छ । 

आणविक केन्द्रमा भएको बमबारीपछि त्यहाँ कुनै किसिमको विकिरण नफैलिएको दाबी समेत गरिएको छ । यसले पनि इरानले तैनाथ गरेका ट्रक, सवारीसाधनले काम फत्ते गरिसकेको शंकालाई बल पु¥याएको छ ।

अमेरिकालाई इजरायलको धन्यवाद

इजरायलले इरानको आणविक केन्द्रहरुमा हमला गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेको छ । इजरायलले इरानविरुद्ध आक्रमण गरेकोमा धन्यवाद दिदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले खुशी साटेका छन् । मध्यपूर्वको शान्ति स्थापनाका लागि काम गरेको भन्दै सैन्य एलायन्सप्रतिको प्रतिवद्धता समेत व्यक्त गरेका  छन् । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update