प्रतिनिधि सभाबाट बहुमतले पारित भयो बजेट
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ । प्रतिनिधि सभाको बैठकबाट आर्थिक विधेयक तथा आर्थिक वर्ष २०८२-०८३ लागि विनियाेजित बजेट बहुमतले पारित गरेकाे छ । सभाको मंगलवार बसेको बैठकले आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ लाई बहुमतले स्वीकृत गरेको हो ।
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री विष्णु पाैडेलले जवाफ दिएपछि सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
उक्त विधेयकलाई ध्वनिमतका आधारमा बहुमतले पारित गरिएको हो । यद्यपि गृहमन्त्रीको राजीनामा माग्दै आएका विपक्षी दलहरू रास्वपा र राप्रपाले उक्त बैठक बहिष्कार गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १८:३१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
                                    
                                                                    