News 24 Television
गोदावरीको बजेटमा कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा 

ललितपुर । गोदावरी नगरपालिकाको १७ औं नगरसभामा नगर उपप्रमुख मुना अधिकारीले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु २ अर्ब ७ करोड २२ लाख बराबरको बजेट प्रस्तुत गरेकी छिन् । कृषि, पूर्वाधार, पर्यटकीय नगरीः स्वच्छ, समावेशी, समृद्ध गोदावरी भन्ने मूल लक्ष्यलाई आत्मसात गर्दै, गुणस्तरीय सेवा प्रवाह, सामाजिक न्याय, वातावरण संरक्षण, समावेशीकरण, रोजगारी सिर्जना, शिक्षा स्वास्थ्यको गुणस्तर अभिवृद्धि र स्थानीय उत्पादन प्रवद्र्धनमा बजेट केन्द्रित गरिएको छ । 

स्वास्थ्य र शिक्षामा झण्डै ७ करोड २५ लाख, सामाजिक विकासमा ११ करोड ८५ लाख, कृषि तथा पशुपालनमा १ करोड ८ लाख, पूर्वाधार विकासमा ४८ करोड ५ लाख, विपद् व्यवस्थापन र वातावरण संरक्षणमा  करोड, सूचना प्रविधि र सुशासनमा ३५ करोड र वडास्तरीय कार्यक्रमका लागि २१ करोड बजेट छुट्याइएको छ । बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र बाढीपहिरो न्यूनीकरण र राहतलाई प्राथमिकता राखेको मेयर गजेन्द्र महर्जनले बताए । 

बजेट कार्यान्वयनका लागि नगरपालिकाले आन्तरिक राजस्वबाट ४१ करोड ७४ लाख ५ हजार, संघीय सरकारबाट ७८ करोड ७२ लाख, प्रदेश सरकारबाट १५ करोड २५ लाख, मालपोत रजिष्ट्रेशनबाट ३७ करोड, चालु आर्थिक वर्षको वचतबाट ३२ करोड, लागत सहभागिताबाट २ करोड ५ लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ । नगरसभा समक्ष बजेट प्रस्तुत पछि बोल्दै नगर प्रमुख गजेन्द्र महर्जनले विभिन्न आन्दोलनमा शहीद भएका वीरहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै विगतका बाढीपहिरो पीडितप्रति समवेदना प्रकट गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update