News 24 Television
ग्रामीण विकास र समाज लघुवित्तबीचको मर्जर प्रकृयाको विरोधकमा नेपाल राष्ट्रिय कर्मचारी संगठन

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्गतको नेपाल राष्ट्रिय कर्मचारी संगठनले समाज लघुवित्त वित्तीय संस्था लिमिटेडसँग भइरहेको मर्जर प्रकृयाको विरोध गरेको छ । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबीच फागुन १७ गते १ः१ को समान स्वापमा मर्जर गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यस्तै ग्रामीण विकास लघुवित्तले समाज लघुवित्त वित्तीय संस्थासँग समान स्वापमा मर्जर गर्ने प्रस्ताव पारित गर्न असार २८ गते साधारणसभा आह्वान गरेको छ । तर ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्गतको कर्मचारी संगठनले भने कुनै स्वतन्त्र अध्ययन बिना अगाडी बढाइएको मर्जर प्रकृया तत्काल खारेज गर्न भन्दै विरोध जनाएको छ । 

संगठनले नितान्त व्यक्तिगत स्वार्थ जडित, अपारदर्शी र संस्थाको हितविपरीत मर्जर गर्न लागिएको गम्भीर आरोप लगाएको छ । यदी आफूहरुको विरोधकाबीच जबरजस्ती मर्जर गरिए संगठनले कुनै पनि गम्भीर कदम चाल्न बाध्य हुने समेत चेतवानी दिएको छ ।

मर्जरका लागि तयारी भइरहेको ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ । त्यस्तै समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ। जसमा ग्रामीण विकासको चुक्ता पुजी ९८ करोड २५ लाख रहेको छ भने समाजको पुजी २ करोड २८ लाख ५० हजार मात्र छ।

विज्ञप्ति 

lamo-1751271560.jpg
 

16bf41b6-51e0-4670-bdef-801a39080dac-1751193858.jpg
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update