
दोलखा । दोलखावासीले वर्षभर खाने अन्न हो, मकै । तर, यस वर्ष वर्षभर नै खाने यहि खाद्यान्न मकैलाई अमेरिकन फौजी किराले सखाप पारिदिएको छ । फौजी किराको प्रकोपले किसान मर्कामा छन् ।
यि हुन्, दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर ८ का गोविन्द श्रेष्ठ । उनको अनुहारमा अहिले मलिनता छाएको छ । वर्षै भरि गाईवस्तु र मानिस स्वंयमले खाने मकै वालीमा अमेरिकन फौजी किराले आक्रमण गरेपछि अब के गर्ने होला भन्ने चिन्ताले सताएको छ । उनले दोलखाको चरिकोट बजार भेटेनरी पसलबाट ६ सय रुपैया केजीको हाइब्रिट जातको मकैको विउ लिएर छरेका थिए ।
सुरुका दिनहरुमा त हौसिदै आएको थियो ,तर पछिला दिनहरुमा फौजि किरा लाग्न सुरु गरे पछि उनले दिनहु जसो दिनको दई तीन पटक वारीमा पस्दै किरा मार्न सुरु गरे । तर रत्ति भर किरा नियन्त्रण भएन । विसादीको प्रयोग गर्दा बारी रुखो हुने डर र यसको नियन्त्रणमा आफुले कुनै उपाय फेला नपारेको उनको दुखेसो छ ।
त्यस्तै स्थानीय ईश्वरी श्रेष्ठको पनि पीडा उस्तै छ । फौजी किराले मकै सखाप पारेको र आफुले उक्त मकै दिनहु बस्तुबाख्रालाई उखेलेर दिने गरेका उनी बताउछिन् । साथै किरा लागेको मकै खुवाउदा पसुहरु समेत विरामी हुने हुनकी भन्ने चिन्तामा छिन् ।
यस्ता समस्या दोलखाको अधिकांस भागमा देखिएको छ । तमाकोसी गाउपालिका, बैतेस्वर गाउपालिका ,कालिन्चोक गाउपालिका लगाएतका भेगहरुमा यो समस्या देखिएको छ दोलखा जिल्लामा सबै भन्दा बढि मात्रामा फौजी किराको प्रकोप बैतेश्वरमा देखिएको छ । यस पालिकामा लगभग २००० हेक्टरमा मकै खेती हुने गरेको छ ।
७० प्रतिसत मकैमा फौजी किराको प्रकोप रहेको बैतेश्वर गाउपालिकाको कृषि साखाले जनाएको छ ।यस पालिकाको वडा नम्वर ३,६,७ र ८ विशेष गरि प्रभावित भएको र,यसरी किरा फैलनुको मुख्य कारण भनेको नै हाइव्रिट जातका मकैका विउहरु लगाउनु र जेष्ठ महिनामा जमिन तात्ने भएकोले अमेरिकन फौजी किराको प्रकोप वढि रहेको वैतश्वर कृषि शाखा प्रमुखको भनाइ छ ।
तत्काल किरा नियन्त्रणको लागी गाउपालिकाको आकस्मिक कोषबाट २ लाख वजेट विनियोजन गरी इमाकवेटिन वेन्जोइड नामक विसादी खरीद गरी वितरण गरिएको उनले जानकारी दिए । साथै उनले आगामी दिनहरुमा किरा नियन्त्रणको लागि भन्दैै विसादीको प्रयोग वढ्न सक्ने चिन्ता पनि व्यक्त गरे ।
नेपालीहरु मकैलाई अन्नको राजा मान्दछन, हरियो मकै,भुटेको मकै, पुवा,ढिडो,च्याख्ला जस्ता परिकारहरु बनाएर खाने गरेका छन ।तर मकैमा लाग्ने किराले गर्दा मकैको उत्पादनमा भने निकै नै कमि आएको छ ।
अमेरिकन फौजी किरा पुतली समुह अन्तरगत पर्ने किरा हो ,अमेरिका महादेश भित्रको उष्ण तथा उपोष्ण क्षेत्रमा यो किरा पाइने गरेको र भारत हुदै नेपाल छिरेको विज्ञहरुको भनाइ छ । फौजी किराको लार्भा धेरै खन्चुवा हुन्छ ।
यसले मकैको पात ,जुङ्गा, र घोगा ,गुुभा समेत खाने गर्दछ । बालीनालीको लागी अत्यन्तै खतरनाक मानिने फौजी किरा ८० प्रतिशत वाली नोक्सान गर्ने एक अध्ययन ले देखाएको छ । फौजि किराका व्यवस्थापनको लागि कृषकले मकै रोप्नु अघि नै ध्यान पुरयाउनु पर्ने देखिन्छ ।
डेस्मोडियम जातका घासहरु किरालाइ मन नपर्ने हुनाले यस्ता घासहरु मकैको विच विचमा लगाउनु उपयुक्त हुने विज्ञहरुको भनाई छ ।