News 24 Television
ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।

यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको छ ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।

योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

मुख्य विशेषताहरू

-   योजनाको प्रकारस् बन्दमुखी योजना

- फन्ड नामस् ग्लोबल आइएमई म्युचुअल फन्ड

-  योजना नामस् ग्लोबल आइएमई समुन्नत योजना २

-   कोष आकारस् प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)

- प्रति इकाई मूल्यस् रू. १०

- सर्वसाधारणमा निष्काशन गरिने इकाइहरू : १२ 

करोड इकाईहरू

-  न्यूनतम लगानी : १०० इकाई

-  अधिकतम लगानीस् योजनाको १० प्रतिशत अर्थात् 

१.२० करोड इकाई

- योजना अवधिस् इकाई बाँडफाँड मिति देखि १० वर्ष
-  लाभांश नीतिस् प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम 

पुन: लगानी

-  सूचीकरण : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
-    प्रारम्भिक लगानी : १५ प्रतिशत ९फन्ड प्रायोजक र व्यवस्थापक०
-   व्यवस्थापन शुल्क : नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
-  डिपोजिटरी शुल्क : नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी मिश्रण

-  इक्विटीरइक्विटी सम्बन्धी साधनहरूस् ७०–९० प्रतिशत ९उच्च जोखिम०
-   ऋणपत्रस् निश्चित आम्दानी साधनहरूस् ०–१० प्रतिशत ९मध्यम जोखिम०
-   फिक्स्ड डिपोजिटस् ०–१० प्रतिशत (न्यून जोखिम)
-    नगदरआईपीओरअन्य म्युचुअल फन्डस् ०–१० प्रतिशत (न्यून जोखिम)

लगानी गर्नुपर्ने कारणहरू

-   व्यवसायिक व्यवस्थापन
-   विविधीकरण
-  सहजता र पहुँच
-   सस्तो लगानी
-    पारदर्शिता
-    कर छुट
-    लगानीकर्ता संरक्षण

लगानी प्रतिफल

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । 

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update