आधारभूत अस्पतालहरु अलपत्र
बुधबार, माघ ३०, २०८१
सरकारलाई नटेर्ने निजी मेडिकल, विद्यार्थी मर्कामा
सोमबार, माघ २८, २०८१
चिकित्सा शिक्षाको पोष्ट ग्राजुएट (पीजी) तहको कार्यक्रममा पुनः समस्या देखिएको छ । सरकारले गत शुक्रवार निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता दिने निर्णय गरेसँगै यो समस्या पुनः बल्झिएको हो ।
वीर अस्पतालमा सुधारै–सुधार ! विरामीलाई छैन हैरानी !
आइतबार, माघ २७, २०८१
मुलुककै जेठो अस्पतालका रुपमा रहेको वीर अस्पतालको सेवा तथा व्यवस्थापन फितलो भएको गुनासो कुनै समय धेरै नै सुनिने गरेको थियो । तर, पछिल्लो समय वीरको व्यवस्थापनमा सुधार आएको प्रतिक्रिया दिनेहरु बढेका छन् ।
नागरिकलाई राहत दिने स्वास्थ्यमन्त्री पौडेलका योजनाहरु, विज्ञहरुले गरे यस्तो आशंका
शुक्रबार, माघ २५, २०८१
स्वास्थ्य सेवा सुधारका लागि भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले विभिन्न कार्ययोजना अघि सार्नुका साथै विभिन्न निर्णय समेत गरिसकेका छन् ।
तर उनले गरेका निर्णय योजना बिना हतारमा गरिएको भन्दै टिकाटिपणी हुन थालेको छ । स्वास्थ्य मन्त्रीले गरेका कतिपय निर्णय र निर्देशन व्यवहारीक नभएको भन्दै संदनमा समेत प्रश्न समेत उठेको छ...
नेपालको औषधिमा डब्लूएचओको सर्टिफिकेट !
बिहीबार, माघ २४, २०८१
नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास जीएमपी प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले औषधि उत्पादनका लािग आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेपछि डब्लुएचओबाट जीएमपी सर्टिफिकेट प्राप्त गरेको हो । औषधिको गुणस्तर कायम राख्ने गुड मेनुफ्चरिङ प्राक्टिस जीएमपी खास के हो त ? अनि यो किन आवश्यक...
पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरुलाई खोप अभियान शुरु
बुधबार, माघ २३, २०८१
विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान देशभर सुरु गरेको छ ।
ह्युमन प्यापिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर भई महिलाहरुले मृत्युवरण गर्नुपरेको भन्दै यसलाई रोकथामका लागि सरकारले देशभर एचपीभी विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएकोे हो ।
अब बीमामा सरकारको नजर, उपचार सजिलै कसरी ?
शुक्रबार, माघ १८, २०८१
पछिल्ला केहि वर्षयता स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो बढन थाले पछि सरकारले यसको परिमार्जनतर्फ ध्यान केन्द्रित गर्ने तयारी गरेको छ ।
मकवानपुरमा अफ्रिकन स्वाइन फ्लूको आतंक, बंगुर मर्दा किसान चिन्तामा
बिहीबार, माघ १०, २०८१
केही समययता बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर रोगका कारण बंगुर पालक किसानहरु मारमा परेका छन् । यो रोग नियन्त्रणका लागि खोप तथा औषधि समेत पाइदैन । त्यसैले रोग लागिसकेपछि उपचार गरेर बंगुर बचाउँछु भन्न नपाएकै कारण किसानहरुले लाखौं घाटा व्यहोर्नु परेको छ ।
सास फेर्नै डरलाग्ने अवस्था ! हावाले बिगार्दै मृगौला !
सोमबार, माघ ७, २०८१
प्रदूषित हावाले फोक्सो तथा श्वास प्रवास सम्बन्धित समस्या उत्पन्न गराउँछ भन्ने कुरा अधिकांशलाई थाहा छ । तर, प्रदूषित हावाले मृगौला सम्बन्धित समस्या समेत उत्पन्न हुनेक्रम बढेको छ । अन्तर्राष्ट्रिय रुपमा गरिएका अनुसन्धानले दूषित हावाको कारण क्रोनिक किड्नी डिजिज्को जोखिम उच्च हुने देखिएको हो ।
पक्षघातको औषधि निःशुल्क पाइने ! लाखौं रुपैयाँ सरकारले तिर्ने
शनिबार, माघ ५, २०८१
स्ट्रोक अर्थात पक्षघातका विरामी र जोखिम समूहलाई उपचारका लागि प्रयोग हुने औषधि सरकारले निःशुल्क उपलब्ध गर्ने भएको छ ।
