News 24 Television
सयौं घर उच्च खतरामा ! यस वर्ष वितण्डाकै सम्भावना ! पूर्वतयारी खोई ?
सयौं घर उच्च खतरामा ! यस वर्ष वितण्डाकै सम्भावना ! पूर्वतयारी खोई ? यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ । देशभर मनसुन शुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान शुरु भइसकेको छ ।  सुदूरपश्चिम प्रदेशमा पनि बाढी, पहिरोको उच्च जोखिम छ । 
ललितपुर महानगरको नीति तथा कार्यक्रम पेश,  कलेज अफ आर्ट स्थापना गर्ने  
ललितपुर महानगरको नीति तथा कार्यक्रम पेश,  कलेज अफ आर्ट स्थापना गर्ने   ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । ललितपुर महानगरपालिकाको सातौँ नगरसभामा आर्थिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि उक्त कलेज स्थापना गर्ने बताएका हुन् ।
ग्यास इन्धनमा नेपाल आत्मनिर्भर बन्ने बाटोमा, दैलेखमा ग्यासको खानी  
ग्यास इन्धनमा नेपाल आत्मनिर्भर बन्ने बाटोमा, दैलेखमा ग्यासको खानी   दैलेखको जलजलेमा पहिलोपटक वैज्ञानिक तरिकाले गरिएको गहिरो ड्रिलिङबाट मिथेन ग्यासको भण्डारण पुष्टि भएपछि नेपाल ऊर्जा आत्मनिर्भरताको यात्रामा निर्णायक मोडमा पुगेको छ । प्रारम्भिक नतिजा उत्साहजनक देखिएपनि अझै तीन सम्भावित परीक्षण बाँकी नै छ ।
जनप्रतिनिधि पौठेजारी खेल्दै ! एकविरुद्ध अर्को ज्यान मार्ने उद्योगतर्फ !
जनप्रतिनिधि पौठेजारी खेल्दै ! एकविरुद्ध अर्को ज्यान मार्ने उद्योगतर्फ ! सप्तरीको राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको आपसी विवाद बढ्दो क्रममा अघि बढेपछि नगरपालिकाको कामकाज ठप्प छ । पछिल्लो दुई सातादेखि राजविराज नगरपालिकामा आन्दोलन भइरहँदा सेवाग्राहीहरू सेवाबाट वञ्चित भएका छन् ।
एमसीसीमा अमेरिकाको नयाँ एक्सन, नेपाललाई सजिलो  
एमसीसीमा अमेरिकाको नयाँ एक्सन, नेपाललाई सजिलो   नेपालको बजेटमा विदेशी सहायतालाई समेत प्राथमिकताका साथ समेटिएको छ । ठुला विकास परियोजनामा प्राय विदेशी सहयोग नै हुने गरेको छ । यस्तैमध्येको एक हो,  एमसीसी ।
दुई तिहाईको सरकारले पनि दिएन निकास
दुई तिहाईको सरकारले पनि दिएन निकास दुई ठूला दल मिलेर सरकार बनाएको झण्डै एक वर्ष पुगेको छ । दुई ठूला दल मिलेर बनेको २ तिहाईको सरकारले राजनीतिक स्थिरता कायम गर्नुका साथै मुलुकको समृद्धिको बाटोमा अपेक्षा आम नागरिकमा थियो । तर सत्तारुढ प्रमुख २ दलबीच नै सामन्जस्यता नहुँदा सरकारले सहि दिशा अझै पनि अलम्बन गर्न सकेको छैन...
Weather Update